असार २४, काठमाडौं । प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवाको पक्षमा मतदान गरेका माओवादी केन्द्रबाहेकका दलहरू सरकारमा जान तम्तयार छन् । 

राप्रपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २४, काठमाडौं । प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवाको पक्षमा मतदान गरेका माओवादी केन्द्रबाहेकका दलहरू सरकारमा जान तम्तयार छन् । 

राप्रपा"/>

२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार विस्तारमा के पाउँछन् साना दलले ?

२४ असार २०७४, शनिबार ०१:५६


असार २४, काठमाडौं । प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवाको पक्षमा मतदान गरेका माओवादी केन्द्रबाहेकका दलहरू सरकारमा जान तम्तयार छन् । 

राप्रपा, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, अखण्ड पार्टी र समाजवादी जनता पार्टी सरकारमा जान इच्छुक भए पनि प्रमुख सत्तारुढ कांग्रेससँग छलफल गर्न पाएका छैनन् ।

मुख्य सत्तासाझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा नटुंगिएकाले साना दलसँग छलफल गर्न नसकिएको कांग्रेस नेताहरूले बताएका छन् ।

समाजवादी फोरमसँग छलफल नै भएन

सरकारमा सहभागी गराउने विषयमा कांग्रेसले संघीय समाजवादी फोरमसँग अहिलेसम्म छलफल गरेको छैन । निर्वाचनका क्रममा नेताहरू जिल्लामा रहेकाले छलफल हुन नपाएको फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले बताए । ‘कांग्रेससँग पनि छलफल भएको छैन, केही दिनमा होला,’ उनले भने । समाजवादी फोरमको संसद्मा १४ सिट छ ।

कुर्दै साना दल

सरकार गठनका वेला कांग्रेसले नेकपा संयुक्तलाई सरकारमा सहभागी गराउने वचन दिएको थियो । त्यसपछि भने कुनै छलफल नभएको पार्टी अध्यक्ष गणेश शाहले बताए । वातावरण मन्त्रालय दिने सहमति भएको उनले बताए । ‘भद्र सहमति पालना गरे सरकारमा भाग पाउनुपर्ने हो,’ साहले भने संसद्मा संयुक्तको तीन सिट छ ।

देउवाको उम्मेदवारीमा समर्थक रहेका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले मन्त्रालय पाउने सहमति नभएको बताएका छन् । ‘मन्त्रालय पाउने सहमति भएर समर्थन गरेको होइन, मन्त्री बनाउने–नबनाउने भन्ने निर्णय प्रधानमन्त्रीले दिने हो,’ उनले भने, समाजवादी पार्टीको एक सिट छ ।

देउवाको समर्थक बनेका अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्काले सरकारमा सहभागिताबारे छलफल नभएको बताए । ‘सरकार गठनका वेला प्रचण्ड नेतृत्वमा सरकारमा सहभागी दललाई दोहो¥याउने वचन दिनुभएको थियो । अहिले कुनै कुरा आएको छैन,’ खड्काले भने । संसद्मा अखण्ड पार्टीको एक सिट छ ।

राप्रपाको माग ‘उपप्रधानमन्त्री’

सम्मानजनक स्थान पाए सरकारमा जाने राप्रपाले जनाएको छ । उसले सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्न जयन्त चन्दको संयोजकत्वमा वार्ता टोलीसमेत बनाएको छ । टोलीले कांग्रेस र माओवादी केन्द्रको कार्यदलसँग दुईपटक छलफल गरिसकेको छ । सरकारमा जाने पक्षमा पार्टी सकारात्मक रहेको बताउँदै चन्दले एक–दुई दिनमा वार्ता गरी ठोस निष्कर्ष निकाल्ने बताए । ‘हामीभन्दा सानो

पार्टीले उपप्रधानमन्त्री पाएको छ, त्यसैले हामीले पनि पाउनुपर्छ,’ चन्दले भने । आफ्ना मागप्रति कांग्रेस र माओवादी लचिलो रहेको चन्दले बताए । प्रधानमन्त्री देउवाले राप्रपालाई चार मन्त्रालय दिने, तर उपप्रधानमन्त्री दिन नसक्ने बताउँदै आएका छन् ।

लोकतान्त्रिक फोरमलाई तीन मन्त्रालय

लोकतान्त्रिक फोरमले तीन मन्त्रालय पाउने भएको छ । प्रचण्ड नेतृत्वको सरकारमा पार्टीले पाएका मन्त्रालय लिएर सरकारमा जाने सहमति कांग्रेससँग भएको महामन्त्री रामजनम चौधरीले बताए । ‘प्रचण्ड नेतृत्वको सरकारमा पाएका मन्त्रालय दिने सहमति कांग्रेससँग भइसकेको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘हामीले पुरानै मन्त्रीलाई निरन्तरता दिने जानकारीसमेत कांग्रेसलाई दिइसकेका छौँ ।’ पार्टी अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकासमन्त्री भइसकेका छन् । यसअघि जितेन्द्रनारायण देवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र डा. गोपाल दहितले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । संसद्मा लोकतान्त्रिक फोरमको १७ सिट छ ।

सबै दलको चित्त बुझाउँछौँ: गोपालमान श्रेष्ठ, उपप्रधानमन्त्री

प्रधानमन्त्री निर्वाचनमा सहयोग गरेका दलहरूलाई मन्त्रिपरिषद् विस्तारमा उपयुक्त स्थान दिइने कांग्रेसले जनाएको छ । उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले सहयोग गर्ने दलहरूको चित्त बुझाएर मन्त्रिपरिषद्मा सहभागी गराउन पहल गरिने बताए । ‘सरकार गठनमा सहयोग गर्ने दललाई उपयुक्त स्थान दिने विषयमा मन्त्रिपरिषद् विस्तार गर्ने वेलासम्म वार्ता र पहल गरेर उपयुक्त स्थान दिइन्छ,’ उनले भने । 

उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकासमन्त्री भइसकेका छन् । यसअघि जितेन्द्रनारायण देवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र डा. गोपाल दहितले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 

संसद्मा लोकतान्त्रिक फोरमको १७ सिट छ । सबै दलको चित्त बुझाउँछौँ गोपालमान श्रेष्ठ, उपप्रधानमन्त्री प्रधानमन्त्री निर्वाचनमा सहयोग गरेका दलहरूलाई मन्त्रिपरिषद् विस्तारमा उपयुक्त स्थान दिइने कांग्रेसले जनाएको छ । 

उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले सहयोग गर्ने दलहरूको चित्त बुझाएर मन्त्रिपरिषद्मा सहभागी गराउन पहल गरिने बताए । ‘सरकार गठनमा सहयोग गर्ने दललाई उपयुक्त स्थान दिने विषयमा मन्त्रिपरिषद् विस्तार गर्ने वेलासम्म वार्ता र पहल गरेर उपयुक्त स्थान दिइन्छ,’ उनले भने । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप