काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको हो।
पोखरा एभेन्जर्सका लागि रेमन रिफरले सर्वाधिक रन बनाए | उनले ३० बलमा ४१ रनको योगदान दिए |
त्यस्तै, ओपनर दिनेश खरेलले २५ बलमा ३८ रन बनाए भने दिलीप नाथले २४ बलमा २७ रन बनाए | पोखराका कप्तान कुशल भुर्तेल ७ रन बनाएर आउट भए |
बलिङमा काठमान्डुका कप्तान करण केसी र रासिद खानले ३-३ विकेट लिए । भने जेर्राड एरसामस र माइकल लेभिटेले समान १-१ विकेट लिए |