२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमान्डु गुर्खाजको प्लेअफमा पुग्ने सम्भावना झिनो, चितवन प्लेअफमा

२०८१, ३० मंसिर आईतवार १३:०२

काठमाडौँ | दीपेश कँडेलले विजयी चौका प्रहार गरेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको छ । काठमान्डुले १ सय १८ रनको लक्ष्य १८.१ ओभरमा १ सय २० रन बनाउदै पूरा गरेको हो ।

काठमान्डुको यस विजयले प्लेअफमा पुग्ने सम्भावना झिनो मात्र बाँकी छ । काठमान्डुले ७ खेलमा चौथो विजय हात पारेको हो ।

काठमान्डुले ठूलो अन्तरले विजय हात पार्न नसकेपछि चितवन राइनोज प्लेअफमा पुगेको छ । काठमान्डु, चितवन र कर्णाली याक्सकको समान ८ अंक भए पनि चितवन नेट रन रेटमा अगाडि छ ।

कर्णालीले सोमबार सुदूरपश्चिमसँग राउन्ड रोबिन लिगमा आफ्नो अन्तिम खेल्ने छ । तर , अब प्ले अफ चरणमा पुग्न काठमान्डुले भोलि हुने सुदुरपश्चिम र कर्णालीबिचको नतिजामा भर पर्नु पर्नेछ।

भोलि हुने सुदुरपश्चिम र कर्णालीबिचको खेलमा सुदुरपश्चिमले कर्णालीलाई निकै ठुलो अन्तरमा हराएमा काठमान्डु प्ले अफ चरणमा पुग्ने छ । अन्यथा समान अङ्क भए कर्णाली नै प्ले अफ चरणमा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना