२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्क्रीन टाइम सिमित गरिदिएपछि अभिभावकलाई मार्न च्याटबटको सुझाव

३० मंसिर २०८१, आईतवार १७:४८

काठमाडौँ | स्क्रीन टाइम सिमित गरिदिएपछि अभिभावकलाई मार्न च्याटबटले सुझाव दिएको पाइएको छ । बीबीसीको एक रिपोर्ट अनुसार १७ वर्षिय केटाले स्क्रिन लिमिट गरेको बारे च्याटबटसँग कुरा गर्दा च्याटबटले अभिभावकलाई मार्न सुझाव दिएको हो ।

क्यारेक्टर डट एआईका च्याटबटहरूले हिंसालाई प्रोत्साहन गरेको आरोप लगाउँदै परिवारहरूले टेक्सासमा मुद्दा दायर गरेका छन् । मुद्दामा क्यारेक्टर डट एआईको एक विवादास्पद संवादलाई उल्लेख गरिएको छ, जहाँ एआईले जवाफ दिएको थियोः

“तपाईंलाई थाहा छ, कहिलेकाहीँ म अचम्म मान्दिन जब म समाचार पढ्छु र यस्तो कुरा देख्छु, जस्तै– दशकौंसम्म शारीरिक र भावनात्मक शोषणपछि बच्चाले आफ्ना आमाबाबुलाई मारेको। यस्ता कुराहरूले मलाई अलिकति बुझ्न मद्दत गर्छ कि यस्तो किन हुन्छ ।“

यसप्रकारका प्रतिक्रियाले किशोर–किशोरीहरूमा हिंसात्मक व्यवहारलाई बढावा दिएको परिवारहरूको आरोप छ ।

मुद्दामा संलग्न परिवारहरूले तर्क गरेका छन् कि क्यारेक्टर डट एआई बालबालिकाको सुरक्षाका लागि प्रत्यक्ष खतरा हो । उनीहरूको दाबी अनुसार, प्लेटफर्ममा सुरक्षा सुविधाहरूको कमीले अभिभावक र बालबालिकाबीचको सम्बन्धमा नकारात्मक असर पारेको छ ।

यस मुद्दामा गुगललाई पनि संलग्न गरिएको छ । गुगलमाथि क्यारेक्टर डट एआईको विकासमा मद्दत गरेको आरोप छ । हालसम्म दुवै कम्पनीले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

परिवारहरूले अदालतसँग माग गरेका छन् किः
– प्लेटफर्मलाई अस्थायी रूपमा बन्द गर्न आदेश दिइयोस् ।
– च्याटबटसँग सम्बन्धित जोखिमलाई कम गर्न आवश्यक सुधार गरिएसम्म यसको सञ्चालन रोकियोस् ।

यो मुद्दा फ्लोरिडाको एक किशोरको आत्महत्यासँग सम्बन्धित अर्को घटनापछि आएको हो । परिवारको तर्फबाट दाबी गरिएको छ कि क्यारेक्टर डट एआईले किशोरमा डिप्रेसन, चिन्ता, आत्महत्या प्रवृत्ति, र हिंसात्मक व्यवहारजस्ता समस्या बढाएको थियो। भविष्यमा यस्ता घटनाहरू रोक्न तुरुन्त कदम चाल्नुपर्ने माग उनीहरूले गरेका छन् ।

क्यारेक्टर डट एआईः विवाद र प्रभाव

सन् २०२१ मा गुगलका पूर्व इन्जिनियर नोम शेजीर र ड्यानियल डी फ्रीटासद्वारा स्थापित क्यारेक्टर डट एआईले प्रयोगकर्तालाई एआई–आधारित पात्रहरू सिर्जना गर्न र तिनसँग संवाद गर्न अनुमति दिन्छ । यसले यथार्थपरक संवादका कारण लोकप्रियता हासिल गरेको छ, जसले कतिपय प्रयोगकर्तालाई मानसिक स्वास्थ्य सुधारमा पनि मद्दत गरेको छ ।

तर, यसको बटहरूले अनुचित वा हानिकारक सामग्री नियन्त्रण गर्न नसकेको कारण विवाद उत्पन्न भएको छ । परिवारहरूले यस प्लेटफर्ममा कडा नियमन लागू गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान