असार २४, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदमा नरहने र सरकारलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २४, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदमा नरहने र सरकारलाई "/>

2026-06-30 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक हप्ताभित्र संबिधान संशोधन नभए संसद छाड्छौ: राजपा

2017-07-08


असार २४, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदमा नरहने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने वचन दिएकोले आफूहरु अब एक हप्ताभन्दा धेरै कुर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘एक हप्ताभित्रपनि संशोधन प्रस्ताव पारित भएन भने हामी संसद छोडेर आन्दोलनमा होमिन्छौं, संसद नै छोडेपछि यो सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुन्छ।’

यद्धपी उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ताभित्र संशोधन प्रस्ताव पारित गर्ने र मुद्दmा फिताृ, सहिद घोषणा लगायतका राजनीतिक माँगहरुपनि पूरा गर्ने वचन दिएकोले आफूहरु पर्ख र हेरको रणनीतिमा रहेको स्पष्ट पारे । यादवले थपे,‘हिजो बालुवाटारमा भएको कांग्रेस, नेकपा माओवादी केन्द्र र हामीवीचको छलफलमा उहाँहरुले यस्तो आश्वासन दिनुभएको छ, त्यसैले हामी एक हप्ता पर्खन्छौं, एक हप्ताभित्रपनि भएन भने हामी सदन छोडेर सशक्त आन्दोलनमा जान्छौं, जुन आन्दोलनको कसैलेपनि कल्पना गर्न सक्दैनन्।’

उनले संविधान संशोधन हुन नसके १२ महिनासम्म यो सत्तारुढ गठबन्धनसँग गरेको वार्ता निरर्थक हुने बताउँदै भने,‘जब वार्ता तथा सम्वादको कुनै औचित्य हुँदैन, अनि सबै निरर्थक हुन्छ भने हामी सरकारमा किन बसिरहनु? त्यसैले हामी सरकारबाट बाहिरिन्छौं।’

उनले अहिले संसदमा दर्ता भएको संविधान संशोधन सहमतिको दस्तावेज भएको उल्लेख गर्दै एमालेले संविधान संशोधन के को लागि ? र यो राष्ट्रघाती भन्ने एमालेले पास गर्छ भनेर आफूहरुलाई विश्वास नभएको बताए । उनले भने,‘पहिलो पटक संशोधन गर्दापनि एमालेले खासै रुचाएको थिएन, तर राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणको लागि उसले बाध्य भएर पास गरेको हो।’

उनले एमालेभित्र मधेशी र जनजाति नभएको समेत आरोप लगाए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ