२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कर्णालीलाई हराउदै जनकपुर फाइनलमा

४ पुष २०८१, बिहीबार १६:०१

काठमाडौँ | कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गर्‍यो ।

यससँगै तेस्रो स्थानमा रहँदै कर्णालीले यात्रा टुङ्गयाएको छ । अब शनिबार हुने फाइनलमा जनकपुर र सुदूरपश्चिम रोयल्सबीच उपाधिका लागि भिड्ने छन् ।

कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

जनकपुरका लागि जेम्स निशमले ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का लिए ।

११.५ ओभरमा ५ विकेट गुमाएर ५८ रन बनाएको जनकपुरका लागि विस्फोटक ब्याटिङ गर्दै निशमले जितको आधार तय गरेका थिए ।

यस्तै, हर्ष थाकेरले १७ र आकाश त्रिपाठीले १३ रन बनाए । शेर मल्ल र मायम यादवले क्रमश: १६ र १४ रन जोडे ।

कर्णालीका लागि विपिन शर्माले ३ तथा कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।

कर्णालीका लागि गुल्शन झाले २५ र देव खनालले २४ रनमा आउट गरे । विलियम बोसिस्टो १४, जिशान मक्सुदले १२, र च्याडविक वाल्टनले ११ रन बनाए ।

जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले २–२ विकेट लिए । हर्ष थाकेर, जेम्स निशम र शेर मल्लले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने