२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि

६ पुष २०८१, शनिबार १५:५७

काठमाडौँ | पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ |

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभर ५ विकेट गुमाएर पूरा गरेको हो ।

लाहिरु मिलान्थाको विस्फोटक ब्याटिङमा जनकपुरले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको हो।

जनकपुरको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान दिए। उनले ४९ बलमा ९ चौका र ४ छक्काको मद्दतले ८७ रन बनाएका हुन् | भने जनकपुरका कप्तान आशिफ शेखले १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए |

त्यस्तै, हर्ष ठाकेर ३० रन, मोहम्मद मोहसिन ९ रन , जेम्स निसम ४ रन, आकाश भिपाठी र मयन यादवले समान २ रन बनाए |

सुदूरपश्चिमका लागि स्कट कुगेलेइन, कप्तान दीपेन्द्र सिंह ऐरी, सैफ अली जैब र इशान पाण्डेले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि खेलमा ओपनरद्वयर विनोद भण्डारी र सेफ अलि जेबले उत्कृष्ट सुरुवात दिलाएका थिए । दुई ब्याटरले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । उनीहरुले ११७ रन बनाएका थिए ।

सुदूरपश्चिमका ओपनर सेफ अलि जेबले अर्धसतक पारी खेलेका थिए | उनले ४१ बलमा ६९ रन बनाएका थिए | भने अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन को योगदान दिएका थिए ।

त्यस्तै, हरमित सिंह र ब्रान्डन म्यामुलनले समान १४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रन, स्कट कुगेलाइन १३ रनमा आउट भएका थिए|
जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान ३-३ विकेट लिएका थिए ।भने ललित राजवंशी र जेम्स निसमले समान १-१ विकेट लिएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो