असार २६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अग"/>
2026-06-30 11:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन विधेयक अगाडि बढाइन्छ: दाहाल

2017-07-10

असार २६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढाइने बताउनुभएको छ । 

सिंहदरबारमा आज आयोजित माओवादी केन्द्रको संसदीय बोर्डको बैठकमा उहाँले भन्नुभयो– “राष्ट्रिय हितका लागि पनि सो विधेयक अगाडि बढ्नुपर्छ ।” 

अध्यक्ष दाहालले “संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने हाम्रो उद्देश्य हो, त्यसैले अघिल्लो सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक अब प्रक्रियामा अगाडि बढ्छ” भन्नुभयो । 

संविधान संशोधन विधेयकलाई निर्णयार्थ पेश गरेर राजपा नेपाललगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको विकल्प छैन भन्दै उहाँले हामीले जिम्मेवारपूर्ण भूमिका खेल्न सकेनौँ भने असन्तुष्टिमा खेल्ने तत्वले फाइदा उठाउन सक्ने बताउनुभयो । 

अध्यक्ष दाहालले संविधानको कार्यान्वयन र निर्वाचनका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो । 

बैठकमा संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको रिक्त सभापतिको उम्मेदवारी र अन्य समितिमा रिक्त सदस्यहरुको पदपूर्तिका विषयमा पनि छलफल भएको थियो । 

श्रम समितिका सभापतिको उम्मेदवारी र समितिका सदस्यहरुको पदपूर्तिका लागि बैठकले आफ्नो सुझाव दिएको र त्यसबारे अन्तिम निर्णय पार्टी हेडक्वार्टर बैठकले गर्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ