काठमाडौं | नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रनको कीर्तिमान जनकपुरका लाहिरु मिलन्थाले राखेका छन् ।
मिलन्थाले चितवनका रवि बोपारालाई पछि पार्दै कीर्तिमान आफ्नो नाममा राखेका हुन् ।
सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै उनले कीर्तिमान आफ्नो नाममा पारेका हुन् । १० खेलमा मिलन्थाले जम्मा २९३ रन जोडेका छन् ।
यसअघि सबैभन्दा बढी रन जोड्ने कीर्तिमान राखेका चितवनका रवि बोपाराले ८ खेलमा २८६ रन जोडेर दोस्रो स्थानमा छन् ।
त्यस्तै, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले सबैभन्दा बढी रन जोड्ने खेलाडीको तेस्रो स्थानमा छन् । उनले ७ खेलमा २७९ रन जोडेका हुन् ।