असार २६, चितवन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह आर्थिक समृद्धिको आधारका रुपमा खडा भएको बताउनुभएको छ । 

निर्वाचनसँगै आर्थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २६, चितवन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह आर्थिक समृद्धिको आधारका रुपमा खडा भएको बताउनुभएको छ । 

निर्वाचनसँगै आर्थि"/>

2026-06-30 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक समृद्धिको आधार नै स्थानीय तह: महरा

2017-07-10

असार २६, चितवन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह आर्थिक समृद्धिको आधारका रुपमा खडा भएको बताउनुभएको छ । 

निर्वाचनसँगै आर्थिक समृद्धिको ढोका खुलेको र अहिले स्थानीय तहको बहुआयामिक भूमिका रहेको उहाँले बताउनुभयो । 

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री महराले आज चितवनस्थित रत्ननगर उद्योग वाणिज्य सङ्घको अठारौँ साधारणसभालाई सम्बोधन गर्दै तीनवटै तहको निर्वाचनपछि भने आर्थिक विकासले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । “समृद्धिको आधार भनेको गाउँ र नगरको विकास हो, स्थानीय निकायलाई पर्याप्त बजेट छ,” मन्त्री महराले भन्नुभयो – “समृद्ध गाउँ बनाउन अब सबै जुट्नुपर्छ ।” 

नेपालको संविधानले तीन खम्बे अर्थनीति अवलम्बन गरेको सन्दर्भ जोड्दै उहाँले नेपालमा साधन र स्रोतको कुनै कमी नभएको बताउनुभयो । “हामी स्रोतसाधनमा धनी छौँ, राष्ट्रिय भिजन बनाउने हो भने अरू देशको तुलनामा नेपालमा छिटो विकास गर्न सकिन्छ”, मन्त्री महराले भन्नुभयो । 

पछिल्लो समयमा आर्थिक अनुशासनको परिपालनामा सुधार भइरहेको बताउँदै उहाँले लगानी मैत्री र आन्तरिक उत्पादनमा ध्यान दिन सकिए देश समृद्धितर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभयो । 

गत वर्ष बन्द भएका २०० उद्योग सञ्चालनमा आउनु समृद्धिका लागि सकारात्मक सन्देश भएको उहाँको भनाइ थियो । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले जिल्लाको आर्थिक अवस्था र औद्योगिक क्षेत्रका गतिविधिबारे जानकारी दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ