३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरान उनपाबाहेक सबैको अन्तिम मतपरिणाम घोषणा

२६ असार २०७४, सोमबार ११:००

असार २६, काठमाडौँ । दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको धरान उपमहानगरपालिकाबाहेक सबै स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । 

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, हालसम्म ३४ जिल्लाका ३३३ स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । बीसवटा वडा भएको धरान उपमहानगरपालिका–११, १५, १६ र १७ को मतगणना भइरहेको जनाइएको छ । 

देशका १, ५ र ७ नम्बर प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो । पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले १५०, नेपाली काँग्रेस १२२, नेकपा (माओवादी केन्द्र) ३८, संघीय समाजवादी फोरम आठ, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख÷अध्यक्ष पदमा विजयी भएका छन् । 

त्यस्तै, तीनजना स्वतन्त्र उम्मेदवार पनि प्रमुख÷अध्यक्ष पदमा विजयी भएका आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित परिणाममध्ये प्रमुख÷अध्यक्षमा पदमा एमालेले सबैभन्दा धेरै अर्थात् ४५ प्रतिशत पदमा विजयी हासिल गरेको छ भने काँग्रेसले ३६.६ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् । 

उपप्रमुख एवम् उपाध्यक्षमा एमालेका १७४, काँग्रेसका १०४, माओवादी केन्द्रका ३८, संघीय समाजवादी फोरम नेपालका सात, नेपाल लोकतान्त्रिक फोरमका ६, राष्ट्रिय जनमोर्चाका दुई, राप्रपाका दुईजना उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो । 

दोस्रो चरणअन्तर्गत ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता