Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सरकारले घोषणा गर्याे-‘प्रबुद्ध मावि नमुना’

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

संगिता अधिकारी,ओखलढुंगा । सरकारले ओखलढुंगाको प्रबुद्ध मावि च्यानमलाई नमुना विद्यालय घोषणा गरेको छ । निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि जिल्लाको सुनकोशी गाउँपालिका स्थित च्यानमा रहेको प्रबुद्ध माविलाई राष्ट्रिय स्तरमा नमुना घोषणा गरिएको हो ।

ओखलढुंगाको प्रबुद्ध मावि सहित प्रदेश नम्बर १ का ४० वटा विद्यालय निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि नमुना घोषित भएका हुन् । शिक्षा विभागले प्रदेश नम्बर १ का ४० वटा विद्यालय सहित देशभरका १ सय ६७ विद्यालयलाई नमुना विद्यालय घोषणा  गरेको हो । विद्यालय छनौटका आधारमा २०७३ (संसोधन सहित) बमोजिम जिल्ला शिक्षा कार्यलयबाट भएको प्रारम्भिक मुल्यांकन तथा शिक्षा बिभाग बाट खटिएका अधिकृत कर्मचारीको टोलिले स्थलगत अवलोकन सहितको मुल्यांकन गरेका थिए ।

नमुना विद्यालय छनौट भएपछि प्रबुद्ध मावि च्यानका विद्यालय परिवार र स्थानीयमा खुसीयाली छाएको छ । आफुहरु अध्ययानरत विद्यालय नमुना विद्यालय घोषणा भएसँगै विद्यालयमा खुसीयाली छाएको विद्यार्थी एलिना अधिकारीले बताउनुभयो । भिजन समाचारसँग उहाँले भन्नुभयो ‘निजी र शहरका विद्यालयमा पढ्ने साथीहरुको फुर्तिका बिचमा अब हामी पनि देशकै नमुना विद्यालयमा पढेका हौँ भन्न पाउने भयौँ ।’

प्रबुद्ध माविका प्रधानाध्यापक टंकलाल गिरीले आफ्नो विद्यालय नमुना छनौट भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब यो विद्यालयलाई जिल्लाकै प्रतिष्ठित विद्यालय बनाउने मात्र हाम्रो उद्देश्य होइन । प्रदेश हुदै देशकै नमुना विद्यालय बनाउने अभियान थाल्नेछौं ।’ यो अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाई छ ।

प्रबुद्ध मावि नमुना घोषणा भएपछि खुसी व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र अधिकारीले आगामी दिनमा विद्यालयलाई देशकै उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्न कुनै कञ्जुसाई नगर्ने बताउनुभयो । आफुहरुको मेहनत र प्रयास निरन्तर रहने भन्दै अहिले विद्यालयले विभिन्न क्षेत्रबाट पाएको सहयोग आगामि दिनमा पनि निरन्तर रहने विश्वास समेत व्यक्तगर्नुभयो । विद्यालयलाई सरकारले नमुना घोषणा गर्ने अवस्था सम्म पु¥याउन शिक्षक,अभिभावक र शुभचिन्तकहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । प्रबुद्ध मावि प्राविधिक शिक्षा, प्रोजेक्टर सहितकका प्रविधिकको प्रयोग लगायतका कारण ओखलढुंगामा चर्चामा रहेको विद्यालय हो ।

शिक्षा विभागले नमुना विद्यालय छनौटका लागि सातवटा सूचकलाई आधार बनाएको थियो । मुख्यगरी, माध्यमिक तह ११ र १२ मा पढाई हुने विषयहरु, विद्यालयसंग भएका जग्गाको प्रयाप्तता, विद्यार्थी अनुपात एसइई नतिजा, स्थानीय समुदायमा विद्युत इन्टरनेट सुविधा, विद्यालयको अवस्थिति र विद्यालय गाभेर सञ्चालन गर्ने अवस्थाका आधारहरु पूरा गरेका विद्यालय नमुना छनौटमा परेको शिक्षा विभागले जनाएको छ । नमुना छनौटमा परेका विद्यालयहरुलाई विभिन्न सेवा सुविधा यस अघिका भन्दा थप गर्ने र विद्यालयको स्तरउन्नतिको लागि सबै क्षेत्रबाट सहयोग जुटाइने जनाईएको छ ।