११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समीती र जिल्ला पोषण खाद्य जसुरक्षा निर्देशन समीतीको बैठेक सम्पन्न

२८ फाल्गुन २०७२, शुक्रबार ११:१६

डिवि विष्ट/ फागुन २८, बझाङ (चैनपुर) । आज जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समीती र जिल्ला पोषण खाद्य जसुरक्षा निर्देशन समीतीको बैठेक सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा सन्चालन भएको एक दिने उक्त बैठेकमा जिल्ला स्वास्थ्य कार्यलयले प्रजनन् स्वास्थ्य सम्बन्धि गरेको काम तथा प्रगती विवरण तथा जिल्लाको प्रजनन् स्वास्थ्य स्थितीका बारेमा जानकारी गराईएको थियो ।

बझाङ जिल्लामा हाल ४२ बथिङ्सेन्टर रहेको जनाईएको छ । मष्टा , हेमन्तबाडा, कैलाश,मा रहेका स्वास्थ्य चौकीमा भने बथिङ् सेन्टर हुन बाँकी रहेको कार्यक्रममा जानकारी गराईएको थियो । बझाङ जिल्लका प्रत्यक गाविसमा १० जना महीला देखी ४० जना महीलाहरुको पाठेघर खसेको पाईने गरेकोे जिल्ला स्वास्थ्य कार्यलयको तथाङ्कमा रहेको जिल्ला स्वास्थ्य कार्यलयका डा. विष्णु खतीवडाले जानकारी दीनु भयो ।

बढी महीलाहरुको पाठेर खस्नुको कारण अपरिपक्क उमेरमा विवाह गरी चाँडो बच्चा जन्माउनु , परिवार नियोजनका साधन प्रयोग नगर्नु रहेको पाईएको छ । बझाङ जिल्लामा हाल सम्म परिवार नियोजनका साधन प्रयोग गर्ने जम्मा जनसंख्याको ३० प्रतिशस मात्र रहेको छ । जस अन्तरगत पिल्स ५४२ जना, डिपो २१८७ जना, आयुसिटी २०४ जना, ईम्प्लान्ट ११५१ जना , महीला मीनील्याप १५८८ जना र पुरुष मीनील्याप ५ हजार ७ सय १८ जना रहेको जिल्ला स्वास्थ्य कार्यलयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यलयमा अघिल्लो बर्षको तथ्याङ्कमा गर्भपतन गराउनेको संख्या र गर्भवती जाँच गराँउने महीलाको संख्या झन्डै ५०० तथा बराबरीको हाराहारीकोे डा. खतीवडाले बताउनु भयो । त्यस्तै पोषणको सवालमा पनी पहीलेको भन्दा निकै परिवर्तन भएको सुआहाराले प्रस्तु गरेको तथ्याङ्कमा उल्लेख रहेको छ । समीतीका संयोजक निमीत्त स्थानीय विकास अधिकारी सुर्य प्रसाद गौतमको अध्यक्षतामा सन्चालन भउो सो कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा निमीत्त स्थानीय विकास अधिकारी गौतमले प्रजनन् तथा पोषणको कुरामा विगतको तथ्याङ्क भन्दा निकै माथी आएको र सबै धन्दा जटी पक्ष भनेको ब्यावहार परिवर्तन गर्नु रहेका कारणले अहीले केही रुपमा स्थानीय तथा ग्रामीण स्तरका सर्व साधारण ब्याक्तीहरुको ब्यावहारमा केही रुपमा भए पनि परिवर्तन आएको बताउनु भएको थियो ।

कार्यक्रममा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधी, पत्रकार तथा समीतिका पदाधीकारी र सरोकारवालाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप