८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिसा लागेर पनि कोरिया उड्न नपाएको भन्दै युवाहरूले गरे इपिएस कार्यालय घेराउ

२२ पुष २०८१, सोमबार १६:०४

काठमाडौँ | युवाहरूले दक्षिण कोरिया जान नपाएको भन्दै ललितपुर ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय घेराउ गरेका छन्। सोमबार उनीहरूले कार्यालय घेराउ गरेका हुन्।

भिसा लागेर पनि टिकट अभावमा कोरिया जान नपाएको तथा भाषा उत्तीर्ण गरेको लामो समय भइसक्दा पनि कोरिया जान नपाएको लगायत गुनासो लिएर उनीहरू इपिएस कार्यालय घेराउ गर्न पुगेका हुन्।

कार्यालय अगाडि भेटिएका इपिएस पासर प्रकाश शर्माले भिसा अवधि सकिन लागिसक्दा पनि टिकटको टुंगो नलागेकाले आफूहरू बाध्य भएर कार्यालयलाई घच्घच्याउन आएको बताए। ‘मैले २०२४ मा उत्पादनमूलक क्षेत्र तर्फ भाषा परीक्षा पास गरेको हुँ। २०२४ सेप्टेम्बरमा इस्यु भएर अक्टोबरमा सिसिबिआई आइसकेको छ। भिसा लागेको पनि तीन महिना बित्न लागिसक्यो तर टिकटको टुंगो लागेको छैन,’ उनले भने।

एक पटकमा २५ देखि ३० जनाको मात्रै टिकट भइरहेको भिसा अवधि सकिन लागेका १५ सयभन्दा बढी युवाहरू रहेको उनले बताए।

‘तीन महिनामा हामी जान सकिएन भने हाम्रो नाम रोस्टरबाट हट्छ। त्यसपछि एक वर्ष हामी कोरिया छिर्न पाउँदैनौं हाम्रो एक वर्ष बर्बाद हुन्छ,’ उनले भने।

इपिएस कार्यालयका शाखा अधिकृत कमलराज श्रेष्ठले भिसा लागेर पनि जान नपाउने समसस्या रहेको स्वीकार गरे।
‘भिसा लागेर पनि जान नपाउने समस्या विगतका दिनमा कम थियो। अहिले कोरिया जाने कामदार पठाउने एयरलाइन्सको पहिलाको टेन्डर सकिएको र नयाँ प्रक्रिया सुरू भएको कारणले गर्दा त्यसको प्रभाव परेको हो,’ उनले भने।

समस्या समाधानका लागि कार्यालयले पहल गरिरहेको पनि उनले बताए। शाखाअधिकृत श्रेष्ठका अनुसार १५ सयभन्दा बढी युवाहरू अहिले भिसा लागेर पनि उड्न पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी