असार ३०, युएई । युएईमा कार्यरत नेपाली कामदारको अबस्थाबारे स्थलगत अध्ययन गर्न आएको सरकारी टोली बिना अध्ययन नेपाल फर्किएको छ । 

उपसचिब निर्मला थापाको ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३०, युएई । युएईमा कार्यरत नेपाली कामदारको अबस्थाबारे स्थलगत अध्ययन गर्न आएको सरकारी टोली बिना अध्ययन नेपाल फर्किएको छ । 

उपसचिब निर्मला थापाको ने"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामदारको अबस्था बुझ्न युएइ आएको सरकारी टोलि भत्ता पचाएर रित्तो हात फर्कियो

३० असार २०७४, शुक्रबार ०८:५९

असार ३०, युएई । युएईमा कार्यरत नेपाली कामदारको अबस्थाबारे स्थलगत अध्ययन गर्न आएको सरकारी टोली बिना अध्ययन नेपाल फर्किएको छ । 

उपसचिब निर्मला थापाको नेतृत्वमा श्रम तथा रोजगार मन्त्रालय र बैदेशिक रोजगार प्रर्बन्धन बोर्डका ५ जनाको सरकारी टोली नेपाली कामदारको अबस्थाबारे अध्ययन गर्न गतहप्ता युएई आएको थियो ।

अध्ययनको क्रममा खाडी मुलक अन्तरर्गत युएईमा रहेका नेपाली कामदारहरूको अबस्था, उनीहरूको सम्झौता अनुसारको तलब भत्ता, कामको प्रकृति, काम गर्ने समय, बसोबास, खानपिन बिबिध अबस्थाबारे जानकारी लिने उद्देश्य रहेको थियो ।

कामदारहरूको हकहित एवं बैदेशिक रोजगारीलाई मर्यादित र ब्यवस्थित गर्नका लागि नीति नियम बनाउन सुझाब संकलन गर्ने भनिएपनि यस बिषयमा टोली सफल हुन सकेन । टोलीले फिल्डमा गएर अध्ययन नगरेको र बजेट सक्ने काम मात्र गरेको भन्दै सर्बत्र आलोचना गरिएको छ । टोलीले युएईमा रहेका कोही पनि कामदार तथा पीडित नेपालीहरुसँग भेटघाट नगरी फर्केको छ । श्रोतका अनुसार उक्त टोलीले नेपाली राजदुताबासलाई पुर्ब जानकारी समेत गरेको थिएन । भ्रमणको अबधि एक साता लामो भए पनि टोलीले युएईमा रहेका कामदारहरुको अबस्था बारेमा अध्ययन गर्न त्यति चासो समेत नदेखाएको श्रोतको दाबी छ ।

प्रबर्दन बोर्ड र श्रम मन्त्रालयबाट आएको उक्त टोली युएईमा भ्रमण अबधिभर सरकारी सवारी साधनको प्रयोग नगरिएको खुल्न आएको छ । राजदुताबासको आफ्नै सवारी साधन भएपनि दुताबासले अबुधाबीमा रहेका एक ब्यवसायीको सवारी साधन प्रयोग गरी भम्रण गराईएको थियो । जानकारहरुका अनुसार सरकारी टोलीले कामदारहरुको अवस्था भन्दा पनि युएईको बिभिन्न शहरहरुमा घुमफीर गरेको थियो । झापाका लेकेन्द्र बस्नेत भन्छन, ‘भ्रमण टोली आए, दुबई हेरेर फर्के ।’

युएईमा रहेका अधिकाशं नेपाली कामदारहरूको सामाजिक संजालमा अहिले यही बिषयमा चर्चा छ । नेपाली काँग्रेस निकट जनसम्पर्क समितीका निबर्तमान सभापति चित्र केसी, माओबादी केन्द्र निकट जनप्रगतिशील मंचका अध्यक्ष हेमन्त पौडेल, एमाले निकट प्रबासी नेपाली मंचका श्याम कंडेल,नयाँ शक्ति नेपाल निकट अन्तराष्ट्रिय नेपालि समाज युएईका संयोजक उत्तम अधिकारी, पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, जनजाती महासघ युएईका अध्यक्ष डेरराज गुरूङ् लगायत युएईका सँघसंस्थाका प्रतिनिधिहरुले सामाजिक संजाल मार्फत टोलीको आलोचना गरेका छन् ।

नेपाली कामदारहरूको समस्या बुझ्न केहि महिना अघि मात्र सभासद् प्रभु शाहको नेतृत्वमा एक टोलि युएई आएको थियो ।त्यसैगरि बैदेशिक रोजगार प्रर्बधन बोर्डका कार्यकारी निर्देशक रधुराज काफ्लेले पनि युएई भ्रमण गरेका थिए । पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) युएई भ्रमण आएका बेला नेपालीहरुले प्रत्यक्ष भेंटी गुनासो गरेका थिए । साथै युएईमा रहेको समस्याहरुको बारेमा जानकारी गराएका थिए ।

राजदुताबास आबुधावीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार युएईमा २ लाख ६ हजार नेपाली कामदारहरू कार्यरत छन् । बर्षेनी अध्ययन भ्रमण भन्दै लाखौं रुपैंयाँ खर्च गरेर सरकारी टोली पटक पटक युएई आउने गरे पनि उपलब्धि भने शुन्य छ । -रातोपाटीबाट साभार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान