2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ तयार पारी सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

फेसबुकमा ‘शक्तिमान थिङ’ नामका प्रयोगकर्ताले अपलोड गरेको उक्त भिडिओमा आपत्तिजनक दृश्य समावेश गरिएको छ । भिडिओलाई हालसम्म करिब २१ हजार लाइक, १८ सयभन्दा बढी कमेन्ट र २५ सयभन्दा बढीले शेयर गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले डिपफेक भिडिओ बनाउने र भाइरल गराउनेहरू घृणित चरित्रका मान्छे भएको बताएकी छन् । केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो फोटो जोडेर डिपफेक भिडिओ भाइरल बनाइएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

“उनीहरूका छोराछोरीलाई नि अरूले यसै गरिदेलान् । त्यस्ता घृणित चरित्र भएका मान्छेलाई मेरो केही भन्नु छैन,” उनले भनिन् ।

यस्तो घटना व्यक्तिगत नभई सार्वजनिक विषय भएको भन्दै उनले विद्यमान कानुनी संरचनामा कमजोरी हुँदा विकृति फैलिएको तर्क गरिन् । “राज्य भनेको व्यक्ति स्वयम् हो । यो घटनामा म पीडित छु । समाधानका लागि मै पहल गर्छु,” उनले भनिन् ।

सामाजिक सञ्जाललाई नियमन गर्नेगरी कानुन ल्याउन खोजेपनि अभिव्यक्ति स्वतन्त्रताका नाम देखाएर राेक्न खोजिएको उनको गुनासो छ । “कानुन बनाउने भनेका थियाै । साथीहरुले खुब लोकतन्त्रका ठूला कुरा गरे । विधेयक नै आउन दिएनन् । अब यस्ता विकृतिको शिकार सबै नै हुने हो ।”

उनले गलत भिडिओ भएको थाहा पाउँदा पाउँदै केही मानिसहरूले शेयर गरेर त्यस्तो प्रवृत्तिलाई प्रश्रय दिएको धारणा राखिन् । “जुन मान्छेले शेयर गरिरहेका छन् । ती आइडेन्टिफाइड आईडीहरू हुन् । उनीहरूका कमेन्टहरू पनि अपाच्य छन् । मेरो पहिलो निशाना उनीहरू हुन्,” उनले भनिन् । आफ्नो तर्फबाट प्रमाण सङ्कलनको काम भइरहेको भन्दै उनले छिट्टै कदम चाल्ने बताएकी छन् । तर उजुरी बोकेर प्रहरीकहाँ नधाउने उनले सुनाइन् ।

पछिल्लो समय डिपफेक प्रविधि प्रयोग गरी आपत्तिजनक फोटो/भिडिओ बनाउने क्रम बढेको छ । हालै मात्र गायिका समीक्षा अधिकारी पनि यस्तै डिपफेक सामग्रीको शिकार भएकी थिइन् । यसअघि गत साउनमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डङ्गोलको डिपफेक भिडिओ भाइरल भएको थियो ।

डिपफेक भनेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरेर कुनै व्यक्तिको अनुहार वा आवाजलाई अर्कै फोटो तथा भिडिओमा मिसाएर बनाइएको नक्कली सामग्री हो । यो प्रविधिको दुरुपयोग गरी कुनै पनि व्यक्तिलाई जस्तोसुकै कुरा भनिरहेको वा गरिरहेको देखाउन सकिन्छ ।

यस्ता भ्रामक सामग्रीले व्यक्तिको चरित्रहत्या गर्ने, प्रतिष्ठामा असर पुग्ने, अफवाह फैलने तथा कानुनी व्यवस्थामै चुनौती पुग्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई