२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नामावली संकलनको समयसिमा बढाउन सत्तारुढ दलको आग्रह

२०७४, ३० असार शुक्रबार १३:१०

असार ३०, काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

आयोगमा दुई दलका नेताले प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितका आयुक्तसँग आज बेग्लाबेग्लै भेट गरी यस्तो आग्रह गर्नुभएको हो । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणको नेतृत्वको टोलीले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर मध्यवर्षायाममा हुन लागेको मतदाता नामावली संकलनको समयावधि बढाउन, आफू रहेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न र सबै स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

निर्वाचन आयोगले यसअघि नै साउन १ गतेदेखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन कार्य सञ्चालन गर्ने निर्णय गरिसकेको छ । आयोगले सो अवधिमा मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

भेटपछि पत्रकारसँग कुरा गर्दै नेता खाँडले काँग्रेस नेतृत्वले विदेशमा रहेका नेपालीलाई कसरी मतदानमा भाग लिन व्यवस्था गर्र्न सकिन्छ र त्यसका लागि त्यहाँ नै मतदाता नामावली संकलन गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा छलफल भएको बताएका छन् ।

उनले काँग्रेसले पहिलो र दोस्रोचरणको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएकोमा आयोगका पदाधिकारीलाई बधाई र धन्यवाद ज्ञापन गरेको जानकारी दिए । काँग्रेसको टोलीमा नेता आनन्दप्रसाद ढुंगाना, रामहरि खतिवडा, महेन्द्र यादवलगायतका नेता सहभागी थिए ।

यसैगरी, नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले पनि पार्टीका तर्फबाट नामावली सङ्कलन ७४४ स्थानबाटै हुने तथा त्यसका लागि समयावधि बढाउन आयोगसँग आग्रह गरेको जानकारी आयोगले दिएको छ ।

आयोगका कामु सचिव महेश्वर न्यौपाने ७४४ स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन, आफू रहेको जिल्लाबाट आफ्नो स्थायी ठेगाना भएको स्थानमा मतदान गर्ने व्यवस्थाका लागि नाम दर्ता र १५ दिनका लागि तोकिएको समय अपुग भएकाले बढाउन राजनीतिक दलका नेताले आयोगको ध्यानाकर्षण गराउनुभएको जानकारी दिए ।

उनले आयोगको जनशक्तिको, आगामी निर्वाचनको समयसीमा र स्थानीय तहको हालको अवस्था आदिका कारण जिल्ला सदरमुकामबाटै नामावली संकलन गर्ने कार्यलाई भरपुर प्रयोग गर्न उचित हुने बताए ।

मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउनु नपर्ने जनाउँदै आयोगले नाम दर्ता भइसकेपछि साउन १६ गतेदेखि २० गतेसम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।

यसअघि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट निरन्तर दर्ता, घुम्ती दर्ता, विशेष दर्तालगायतका कार्यक्रमबाट मतदाता नामावली संकलन गरिँदै आएको थियो । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै फागुन ९ गतेदेखि यो कार्य स्थगित भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा