असार ३१, काठमाडौँ | वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन् । विमल ढकाललाई पराजित गर्दै गुरुङ विजयी भएका हुन् ।
शुक्रबार मध्यराति राजधानीको आर्मी क्लबमा भएको २५ औं वार्षिक साधारण सभाको निर्वाचनमा गुरुङले ढकाललाई ९३ मतले पराजित गरे । गुरुङले ४ सय ३४ मत पाए भने ढकालले ३ सय ४१ मत पाए ।
कार्यसमितिमा पनि गुरुङ प्यानलकै बर्चस्व छ । संघका यस अघिका अध्यक्ष विमल ढकाल लोकतान्त्रिक पक्षधर हुन् भने गुरुङ्ग एमाले निकट हुन् । गुरुङ्गलाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसहित छ वटा संस्था/समुहको गठबन्धनबाट बनेको प्यानलको तर्फबाट समर्थन थियो भने ढकाललाई कांग्रेस र यस अघिको निर्वाचनमा बागी उम्मेदवार उठेका किरण कोशोर घिमिरे सहितको साथ थियो ।
२५ औं साधारणसभा पछी २ बर्षको कार्यकालसम्मका लागि अध्यक्ष चयन भएका गुरुङ बसुन्धरास्थित टप जब्स प्रालिका सञ्चालक हुन् ।
ढकाल यस अघिको निर्वाचनका अध्यक्ष हुन् भने गुरुङ्ग यस अघि महासचिवमा निर्वाचित भएका थिए ।
प्रथम उपाध्यक्ष
राम प्रसाद भान्तना ४९६ (गुरुङ प्यानलबाट विजयी)
प्रज्ञान न्यौपाने ३१०
द्धितिय उपाध्यक्ष
भुवन गुरुङ ४०७ (ढकाल प्यानल विजयी)
सुवर्ण श्रेष्ठ ३६२
तृतिय उपाध्यक्ष
शुक्र पाख्रिन ४३२ (गुरुङ प्यानलबाट विजयी)
नवल किशोर यादव ३६१
महासचिव
नरेश गेलाल ४४९ (गुरुङ प्यानलबाट विजयी)
सुजित श्रेष्ठ ३७८
सचिव
इश्वर जिसी ४०० (गुरुङ प्यानलबाट विजयी)
विनोद केसी ३६९
कोषाध्यक्ष
राधिका कटुवाल ४०४ (ढकाल प्यानल विजयी)
रमिला ताम्रकार ३३७