डीबी विष्ट/असार ३१, बझाङ । सामुदायिक बनबाट जम्मा गरेको रकमले समुदायका केही ब्यक्तीहरुले बाख्रा पालन गर्ने सोच बनाएका छन् ।
केदारस्युँ गाँउप"/>
डीबी विष्ट/असार ३१, बझाङ । सामुदायिक बनबाट जम्मा गरेको रकमले समुदायका केही ब्यक्तीहरुले बाख्रा पालन गर्ने सोच बनाएका छन् ।
केदारस्युँ गाँउप"/>
डीबी विष्ट/असार ३१, बझाङ । सामुदायिक बनबाट जम्मा गरेको रकमले समुदायका केही ब्यक्तीहरुले बाख्रा पालन गर्ने सोच बनाएका छन् ।
केदारस्युँ गाँउपालीका ४ सैसुका केही ब्यक्तीहरुले बाख्रा पालन गरी रहेको स्थानीयले बताएका छन् । विगत केही बर्ष अघि बन जंगल फडानी गर्ने गरेका यहाँका स्थानीयहरु अहीले केदार स्युँ गाउपालीका ४ मा रहेको भु गाँउ पिपलधार सामुदयिक बन बाट फाईदा लिई रहेको सामुदयिक बनका अध्यक्ष कुमेन्द्र बहादुर मल्लले बताउनु भयो ।
समीतीको बैठेक बसेर सामुदायिक बन जोगाउन अहिले पनी पहल भई रहेको उहाको भनाई छ ।
४/५ बर्ष अघि देखी यहाँका स्थानीय बासिन्दा जती बेला मन लाग्यो त्यती बेला घाँस दाउरा र जंगल समेत जथाभावि फडानी गर्थे स्थानीय ज्ञाना देवि भण्डारीले भन्नु भयो । अहीले दाउरा घाँस काट्न गए पनि समीती बाट एक भारीको एक सय रुपैयाको रसिद काट्नु पर्छ । यो रकम गाँउमा दुख विरामी परेका ब्यक्तीहरुलाई ऋणका रुपमा लगानी गरेका छौ । समीतीमा अहीले झण्डै दुई लाख भन्दा बढी आम्दानी भएको छ ।
यही रकम बाट यहाँका झण्डै १० जना भन्दा बढीले बाख्रा समेत खरीद गरेको स्थानीय कलसा भण्डारीले बताउनु भयो । समीती बाट नै ऋण निकालेर दुई बाख्रा आफुले पनी खरीद गरेको र गाँउका अन्य ब्यक्तीहरुले पनी बाख खरिद गरी पालेको उहााको भनाई छ ।
तत्कालीन बाँझ गाविसका सबै स्थानीयहरुले जंगल फडानी र छाडा पशु चौपाया छोड्ने गरेका थिए । समीतीको बैठेक बसी सामुदायीक बनको सिमाना पुर्वमा सिउचुला, पश्चिममा खोलमारा धार, उत्तरमा काईराली खोला र दक्षिणमा सैस्यु गाँउ सम्म बन्द गरे पछि सामुदायिक बन हराभरा हुन थालेको छ । समीतीको निर्णय विपरीत कनै ब्यक्तीले गएको खण्डमा तथा दाउरा घाँस पशुचौपाय छोडेको खण्डमा ५० रुपैया देखी दुइ सय सम्म जरीवाना तोकीएको माल देवि मल्लले बताउनु भयो ।
झण्डै ८० परिवार बसोबास गर्ने यस गाँउका सबै स्थानीयहरु अहीले सामुदायिक बन संरक्षण गर्न लागी परेका छन् । यस जंगलमा अहीले बन कुखुरा, कालीज, मृग, चाखुरा सुगा, लगायतका चरा चुरुङ्गी फेला पर्दछन् भने सल्ला, सानन, धान्ने, भट्टु लगायतका बोट विरुवाहरु रहेका छन् ।
दुई बर्ष पहीले अपरिचीत ब्यक्तीले सामुदायिक बनमा आगो लगाएका कारण स साना बोट विरुवाहरु मरेका कारण समस्या सृजना भएको स्थानीयहरुले बताएका छन् ।
वृक्षा रोपणका लागी अब आफुहरु लाग्ने र जिल्ला बन कार्यालयले पनी सहयोग गर्नु पर्ने स्थानीयले बताएका छन् । यता जिल्ला बन कार्यालयले पनी जंगल संरक्षण गर्नका लागी र हराभरा बन बनाउनका लागी जिल्ला बन कार्यालयमा भएको बाट विरुवाहरु उपलब्ध गराउने । रेन्जर हेम कुमार पाठक बताउनु भयो ।