२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार

२०८१, २९ पुष सोमबार १७:०६

गोरखा | गोरखाको गण्डकी गाउँपालिकाले बालबच्चालाई कुपोषणबाट जोगाउन सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार रुपियाँ दिने भएको छ । भर्खरै मात्र सम्पन्न भएको गाउँपालिकाको १७ औ गाउँ सभाबाट गण्डकी गाउँपालिका भित्रका सुत्केरी महिलालाई ६ महिनासम्म मासिक ४ हजार रुपियाँ दिने निर्णय भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमेल्सना साकारले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका सुत्केरी महिलाहरूले लुलो, लङ्गडो, र ख्याउटे बच्चबच्ची जन्मनेको सङ्ख्या बढी देखिएपछि ती बालबच्चालाई कुपोषणबाट जोगाउन पालिकाले ६ महिनासम्म ४ हजारको दरले सुत्केरी महिलाहरूलाई प्रशस्त मात्रामा पोषिलो खानेकुरा खानाको लागि रकम उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो ।

“अहिले गाउँपालिका भित्रका सुत्केरी महिलाहरूलाई नियमिति रूपमा स्वास्थ्य जाँचको लागि निःशुल्क स्वास्थ्य जाँच समेत गाउँपालिकाले गर्दै आएको छ”, स्वास्थ्य शाखा निरीक्षक बिमल रेग्मीले भन्नुभयो, “पोषण सुधारका लागि बालबच्चामा सुुधार आउने विश्वास छ ।”

पालिकाभित्रका सुत्केरी महिलाहरुलाई स्वास्थ्य संस्थामा पुर्‍याउन निःशुल्क एम्बुलेनस तथा विपन्न महिलाहरूका लागि आवश्यक खर्च समेत पालिकाले व्यहोर्दै आएको स्वास्थ्य शाखा निरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

पोषण सुधारका लागि गाउँपालिकाले सुत्केरी महिलाहरूका लागि २२ लाख रुपियाँ छुट्टाएको छ भने त्यसमध्येबाट रकम अपुग भएमा पुन पालिकाले निर्णय गरी रकम थप गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला