असार ३१, पोखरा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, पोखरा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ ।&"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँगेसकै नेतृत्वमा संविधान कार्यान्वयन: सिंह

३१ असार २०७४, शनिबार ०६:४६

असार ३१, पोखरा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ । 

नेपाली काँग्रेसका नेता रामहरि जोशीको असामयिक निधनमा कास्की काँग्रेसद्वारा आज यहाँ आयोजित शोक सभामा बोल्दै नेता सिंहले स्थानीय तहको निर्वाचनमा सोचे जस्तो परिणाम नआए पनि प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा स्थापित गर्न सबैको सामूहिक प्रयासको खाँचो औँंल्याउनुभयो । 

उहाँले नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएको र काँग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन र संस्थागत विकास गर्न पार्टीको काँधमा गहन जिम्मेवारी थपिएको बताउनुभयो । 

नेता सिंहले व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनमा सबै राजनीतिक दल एक भएभैm आर्थिक समृद्धि र विकासका लागि पनि सबै राजनीतिक दलको एकता अपरिहार्य भएको धारणा राख्नुभयो । 

उहाँले काँग्रेसका नेता स्व रामहरि जोशीले देखाएको बाटो अवलम्बन गरे मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि गरेको ठहर्ने विचार व्यक्त गर्नुभयो । यसअघि कास्कीका पार्टी सभापति कृष्ण केसीले स्व रामहरि जोशीको योगदानमाथि प्रकाश पार्नुभएको थियो । 

सो कार्यक्रममा काँग्रेसका नेता चन्द्र भण्डारी, दीपक गिरी, एनपी साउद, शङ्कर भण्डारी र पार्टीका कार्यकर्ता सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट