असार ३१, पोखरा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, पोखरा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ ।&"/>
2026-07-01 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँगेसकै नेतृत्वमा संविधान कार्यान्वयन: सिंह

2017-07-15

असार ३१, पोखरा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ । 

नेपाली काँग्रेसका नेता रामहरि जोशीको असामयिक निधनमा कास्की काँग्रेसद्वारा आज यहाँ आयोजित शोक सभामा बोल्दै नेता सिंहले स्थानीय तहको निर्वाचनमा सोचे जस्तो परिणाम नआए पनि प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा स्थापित गर्न सबैको सामूहिक प्रयासको खाँचो औँंल्याउनुभयो । 

उहाँले नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएको र काँग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन र संस्थागत विकास गर्न पार्टीको काँधमा गहन जिम्मेवारी थपिएको बताउनुभयो । 

नेता सिंहले व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनमा सबै राजनीतिक दल एक भएभैm आर्थिक समृद्धि र विकासका लागि पनि सबै राजनीतिक दलको एकता अपरिहार्य भएको धारणा राख्नुभयो । 

उहाँले काँग्रेसका नेता स्व रामहरि जोशीले देखाएको बाटो अवलम्बन गरे मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि गरेको ठहर्ने विचार व्यक्त गर्नुभयो । यसअघि कास्कीका पार्टी सभापति कृष्ण केसीले स्व रामहरि जोशीको योगदानमाथि प्रकाश पार्नुभएको थियो । 

सो कार्यक्रममा काँग्रेसका नेता चन्द्र भण्डारी, दीपक गिरी, एनपी साउद, शङ्कर भण्डारी र पार्टीका कार्यकर्ता सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ