३ साउन, पर्वत । पर्वत जिल्लाका विभिन्न ठाउँमा वितरण हुँदै आएको खानेपानीमा कोलिफार्मका जिवाणु भेटिएको छ । जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ३ साउन, पर्वत । पर्वत जिल्लाका विभिन्न ठाउँमा वितरण हुँदै आएको खानेपानीमा कोलिफार्मका जिवाणु भेटिएको छ । जिल्ल"/>
2026-09-19 05:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको खानेपानीमा पनि कोलिफर्मका जिवाणु भेटिए, ५० प्रतिशत खानेपानी प्रदुषित

३ साउन, पर्वत । पर्वत जिल्लाका विभिन्न ठाउँमा वितरण हुँदै आएको खानेपानीमा कोलिफार्मका जिवाणु भेटिएको छ । जिल्लाको ८ ठाउँमा गरिएको नमुना परिक्षणमा ४ ठाउँको पानीमा जिवाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

जिल्लाको भुकताङले, ठूलीपोखरी, देउराली लगायतका मूहान, धारा तथा उपभोक्ताको घरमा गरिएको परिक्षणबाट कोलिफर्मका व्याक्टेरिया भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका ल्याब टेक्निसियन रघुबिर महतोले जानकारी दिनुभयो । भुकको सबै टोलमा वितरित पानी मध्ये ४ ठाउँमा खान योग्य पानी नभएको बताईएको छ । ठूलीपोखरीको १ वटा नमूनामा खान योग्य नभएको पाईएको हो । त्यस्तै कार्कीनेटा र मुडकुवामा गरिएको परिक्षणमा सबै सुरक्षित पाईएको कार्यालयका टेक्निसीयन महतोले बताउनुभयो ।

कोलीफर्मका व्याक्टेरिया मानिस तथा पशुहरुको दिशामा पाईन्छ । यस्तो कोलीफर्म युक्त पानी पिउँदा झाडापखला, आउँ, हैजा, जुका, जण्डीस जस्ता रोगहरु देखिन्छन । यस्ता रोगहरु महामारीका रुपमा फैलिनसक्ने र त्यसले प्रत्यक्ष रुपमा बालबालिका र जेष्ठ नागरिकहरुलाई प्रभाव पार्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा बुद्धी बहादुर थापाले जानकारी दिनुभयो ।

गत वर्ष परिक्षण गरिएका ठाउँहरुमा समेत यस वर्षपनि देखिएको छ । ठूलीपोखरीको झाँक्रीखोलाको मूहानमा गत वर्ष कोलिफार्म भेटिएकोमा यस वर्ष पनि पुनः भेटिएको महतोले जानकारी दिनुभयो । केही नयाँ ठाउँहरुका समेत पानीको नमूना परिक्षणबाट कोलीफर्म भेटिएको डा. थापाले जानकारी दिनुभयो । यसवर्ष पनि नयाँ ठाउँको परिक्षण गर्ने क्रममा भएकाले अझै बढ्नसक्ने देखिएको छ ।

खुल्ला दिशा मुक्त जिल्ला घोषणा भईसकेको पर्वतमा कोलीफर्म भेटिनु गम्भिर भएको र अझैपनि सचेतना गराउन जरुरी भएको डा थापाले जानकारी दिनुभयो । दुषित पानीको प्रयोग गर्दा मूहान देखि धारासम्म पानी सुरक्षित गराउने, पानी उमालेर मात्रै पिउने, क्लोरिन वा फिल्टर गरेर मात्रै पानीलाई शुद्धिकरण गर्ने गरेमा मात्र यसको संक्रमणबाट जोगिन सकिने डा. थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ