2026-11-02 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ग्रेस इन्टरनेशनलद्वारा ‘एडुभर्स २०२४’ देशभरका ९ शहरमा आयोजना हुने

काठमाडौँ । नेपाली विद्यार्थीहरूलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुपले; एडुभर्स २०२४ शैक्षिक मेलाको आयोजना गर्ने भएको छ।

विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि आयोजना गरिने यो मेला नोभेम्बर ११ देखि २१ सम्म देशभरका ९ प्रमुख शहरहरूमा सञ्चालन हुनेछ। मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श दिनेछन्।

ग्रेस इन्टरनेशनलका संस्थापक निर्देशक एन्ड्रु पौडेलका अनुसार, मेलामा विद्यार्थीहरूले २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्न र विदेश अध्ययनसम्बन्धी विस्तृत जानकारी लिन पाउनेछन्। यस शैक्षिक मेलामा विद्यार्थीहरूले स्पट एडमिसन, अधिकतम छात्रवृत्ति र अन्य विशेष अवसरहरू प्राप्त गर्न सक्नेछन्, जसले उनीहरूको विदेश अध्ययन प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। मेला इटहरीबाट सुरु भई विभिन्न शहरहरूमा आयोजना हुनेछ।

नोभेम्बर ११ मा इटहरी, १३ मा काठमाडौँ, १४ मा चितवन पर्सा, १५ मा नारायणघाट, १६ मा कावासोती नवलपुर, १७ मा बुटवल, १८ मा दाङ, २० मा बागलुङ, र २१ मा पोखरामा शैक्षिक मेला सम्पन्न हुनेछ। आयोजकका अनुसार, यी प्रमुख शहरहरूमा आयोजना गरिने कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो अध्ययन गन्तव्य छान्न थप सहज बनाउने र आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्य राखेको छ।

विद्यार्थीहरूलाई प्रोत्साहित गर्न नेपालका चर्चित क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका सद्भावना दूत दिपेन्द्र सिंह ऐरीले पनि अधिकांश शहरका मेलामा उपस्थिति जनाउनेछन्। ऐरीको उपस्थिति र उनको प्रेरणादायी सम्बोधनले विद्यार्थीहरूलाई विदेश अध्ययनको लक्ष्यतर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

ग्रेस इन्टरनेशनलद्वारा आयोजित यो मेला विदेश अध्ययनका आकांक्षी विद्यार्थीहरूको करियर विकासमा विशेष अवसरका रूपमा प्रस्तुत गरिएको छ। विद्यार्थीहरूले मेलामा सहभागी भएर आफ्ना चासोका देशका प्रतिष्ठित विश्वविद्यालयहरूसँग प्रत्यक्ष रूपमा जोडिन पाउनेछन्। साथै, परामर्शदाता र विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी अध्ययन गन्तव्य छान्न, आवेदन प्रक्रियाबारे बुझ्न र छात्रवृत्ति लाभ लिन सक्नेछन्। आयोजकले विदेश अध्ययनमा रुचि राख्ने सम्पूर्ण विद्यार्थीहरूलाई यो अवसरको सदुपयोग गर्न आह्वान गरेको छ। यस मेलाले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्रा अझ स्पष्ट र योजनाबद्ध रूपमा अघि बढाउन मार्गनिर्देशन प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द