2026-07-26 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टस जितेर नेपालविरुद्ध पहिला ब्याटिङ गर्दै नेदरल्यान्ड्स

काठमाडौँ | नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा नेपालविरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

यसअघिका दुवै खेलमा पराजित नेपालले घाइते कविता कुँवरको स्थानमा स्पिनर रेवती धामीलाई खेलाएको छ । थाइल्यान्डविरुद्धको अघिल्लो खेलमा मध्यम गतिका बलर कविताले २ ओभर बलिङ गरेपछि ढाँडमा चोट बोक्न पुगेका थिइन् ।

नेदरल्यान्ड्सले क्यारोलिन भान कुलविज्क र फ्रेडेरिक ओभरडिकको स्थानमा हानान लान्धिर र हिथर सिगर्सलाई खेलाएको छ ।नेपाल पहिलो दुई खेलमा पराजित भइसकेको छ । नेदरल्यान्ड्ससँग २० रनले पराजित नेपाल त्यसपछि अघिल्लो दिन थाइल्यान्डसँग ४ विकेटको हार बेहोर्नु परेको थियो ।

नेपाललाई पहिलो खेलमा पराजित गरेको नेदरल्यान्ड्स शुक्रबार थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । सहभागी टोलीले एक अर्कासँग तीन पटक खेल्ने छन् भने सर्वाधिक अंक ल्याउने टोली विजेता बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ