काठमाडौँ । त्रिकोणात्मक महिला टी-२० शृङ्खलामा आज नेदरल्याण्डस र थाइल्याण्डबीच खेल हुँदैछ।
खेल त्रिवि क्रिकेट मैदानमा मध्यान्ह सवा १२ देखि शुरु हुने छ।
जारी सिरिजमा अहिलेसम्म थाइल्याण्डले खेलेका ४ खेलमा चारै खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेको छ। भने नेदरल्याण्डसले अहिलेसम्म खेलेका ५ मध्ये ३ खेलमा जित हासिल गरेको छ र ६ अंकसहित दोस्रो स्थानमा रहेको छ।
यो खेल थाइल्याण्डले जितेमा त्रिकोणात्मक सिरिजको उपाधि जित्ने छ भने नेदरल्याण्डसले जितेमा उसको सम्भावना कायम रहने छ।