साउन १२ , काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२ , काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको "/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठग म्यानपावरलाई तह लगाउन स्पेशल फोर्स बनाउँदैछु: गृहमन्त्री

१२ श्रावण २०७४, बिहीबार ०९:२०


साउन १२ , काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स बनाएर परिचालन गर्ने घोषणा गरेका  छन् । 

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको बैठकमा बोल्दै मन्त्री शर्माले युवाहरु ठगिएको हजारौं उजुरी प्रहरी समक्ष आउने गरेको उल्लेख गर्दै भने, ‘ठगीएको पैसा फिर्ता नपाउँदा धेरै घरबारविहीन भएका छन्, त्यस्तो समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्युरो गठन गरेर परिचालन गर्नेगरी गृह मन्त्रालयले तयारी गरिरहेको छ ।’

‘उक्त ब्युरोलाई वैदेशिक रोजगारीको सिलसिलामा दुःख पाएका हरुको समस्या समाधान गर्ने जिम्मा दिइने छ’ मन्त्री शर्माले भने, ‘धेरै नेपाली कामदार भएका देशहरुमा प्रहरीको अफिसर पठाएर समस्या समाधान गर्नेबारे पनि तयारी गरिरहेका छौं ।’

वैदेशिक रोजगारको समस्या समाधान गर्न सरोकारवाला मन्त्रालय, विभाग र मेनपावर कम्पनीहरुको बीचमा समन्वयको अभाव भएको उल्लखे गर्दै उनले भनेे, ‘अवैध रुपमा विदेशीनेहरुलाई रोकथाम गर्नका लागी अध्यागमनको क्षमता अभिवृद्धि गर्नेतिर गृह मन्त्रालयले तयारी गरिरहेको छ ।’

‘वैदेशिक रोजगारीमा जाने प्रक्रिया जटिल छ, त्यसलाई सहज बनाउन जरुरी छ’ मन्त्री शर्माले भने-, ‘हामीले तत्काल वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई रोक्न नसक्ने हुनाले थप सहज बनाउन सम्बििन्धत मन्त्रालयले सोच्नुपर्छ ।’

वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सरकारले तालिम र प्रशिक्षण दिन नसकेको उल्लेख गर्दै उनले भने, ‘अहिले श्रमिकहरु दलालको फन्दामा पर्ने गरेका छन्, म्यानपावरले पनि दलाल मार्फत आएका मान्छेहरुलाई विदेश पठाउने हुनाले दलालबाटै उनीहरु ठगिन्छन् ।’

‘फ्री भिसाको प्रावधानलाई समेत हामिले नियमन गर्न सकेनौं’ मन्त्री शर्माले भने, ‘दलालहरुले त्यहि  भिसा बेचिराखेका छन्, बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र लाख-लाख रुपैयाँ असुलिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट