साउन १२, युएई । युएईको अजमानमा १० जना नेपाली दुई महिनादेखी अलपत्र परेका छन ।

रोजगारीका लागि युएई आएका  उनीहरुलाई कम्पनीले सम्झौता अनुसार काम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२, युएई । युएईको अजमानमा १० जना नेपाली दुई महिनादेखी अलपत्र परेका छन ।

रोजगारीका लागि युएई आएका  उनीहरुलाई कम्पनीले सम्झौता अनुसार काम "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको अजमानमा १० जना नेपाली दुई महिनादेखी अलपत्र

१२ श्रावण २०७४, बिहीबार ११:२९


साउन १२, युएई । युएईको अजमानमा १० जना नेपाली दुई महिनादेखी अलपत्र परेका छन ।

रोजगारीका लागि युएई आएका  उनीहरुलाई कम्पनीले सम्झौता अनुसार काम र तलब नदिएपछि समस्यामा परेका हुन् । अलपत्र परेका १० जना मध्ये ८ जना साकुरा नेपाल म्यानपावर मार्फत १० महिना अघि र ई जना भने लिंकस्टार म्यानपावर मार्फत दुई महिना पहिले मात्रै युएई आएका हुन् ।

अलपत्र हुनेहरुमा कोथरी २ दाङका २६ बर्षिय महेन्द्र ओली, सोही ठाउँकै २० बर्षिय अर्जुन बुढाथोकी, बाणगंगा ७ कपिलवस्तुका २२ बर्षिय पूरन गाहा, सोही ठाउँकै २३ बर्षिय गिरबहादुर खत्री, बेनी २ म्याग्दीका २२ बर्षिय भबिन्द्र थापा मगर,  कुवाकोट १४ स्याङ्जाका २० बर्षिय तुलबहादुर थापा , मकवानपुर १ हेटौंडाका २१ बर्षिय कृष्ण बैजु, रुचाङ ५ तल्लोकुवा नवलपरासीका २० बर्षिय बिष्णु दर्लामी छन् ।

त्यस्तै लिकंस्टार म्यानपावरबाट आएर आएकै समयबाट अलपत्र पर्नेमा शैल्यशिखर २ दार्चुलाका २७ बर्षिय लालमनी पार्की, माडी २ चितवनका २२ बर्षिय सन्जय मारदलिया हुनुहुन्छ । सबैबाट एक लाख २५ हजार रुपैयाँ लिएर म्यानपावरले युएई पठाएको हो ।

उनीहरुलाई युएईको वेष्टर प्लस नामको कामदार सप्लाई गर्ने कम्पनीले क्लिनरको काम र मासिक ८ सय दिर्हाम तलब र बस्न दिने भनेर ल्याएको हो । तर यहाँ आएको केही समय आबुधाबीको यासमलमा सरसफाइको काममा लगाए पनि तलब भने नेपालमा गरेको सम्झौता अनुसार नदिएको पीडितहरुको भनाइ छ । यहाँ आएपछि कम्पनीले मासिक ६ सय दिर्हाम मात्रै दिएको र दुई महिना यासमलमा काम लगाए पछि त्यहाँबाट निकालेर कन्ट्रक्सनकाे काममा लगाउन अजमान पुर्‍याएको थियो ।

त्यसरी सम्झौता बिपरित अर्कै काम र कम तलब दिएपछि उनीहरुले काम नगर्ने बताएका थिए । काम गर्दैनौ हामीलाई नेपाल पठाईदिनु भनेर कम्पनीमा भन्दा प्रतिव्यक्ति १२ हजार दिर्हाम तिरे मात्रै नेपाल पठाउन सक्ने कम्पनीले भनेको थियो । 'कम्पनीमा आउँदा पनि एक लाख २५ हजार तिरें, नेपाल फर्किदा पनि उस्तै' पीडित दाङका महेन्द्र ओलीले भन्नुभयो 'आउँदा खोजेको ऋण त तिर्न सकेका छैनौं कहाँ खोजेर तिर्ने १२ हजार दिर्हाम ।'

त्यस कम्पनीमा अन्य देशका कामदार पनि समस्यामा परेका थिए । समस्यामा परेका अन्यले लेबर कोर्टमा उजुरी गरेका थिए । तर लामो समय बितिसक्दा पनि न्याय नपाएको पीडितहरुको गुनासो छ ।

अजमानको लेडी पार्क नजिकै अलमाया सुपरमार्केटको पछाडी १६ नम्बर स्ट्रिटमा अन्य देशका नागरिक समेत गरेर १५ जना एउटै कोठामा बसेका छन् । 'कोठामा एसी, फ्यान केही छैन ५० डिग्री गर्मी छ कुहिएर मरिन्छ होला, ' उकुमुकुस कोठामा गुम्सिएर रात बिताउनु परेको पीडितहरुको भनाइ छ । कम्पनीबाट युएईमै रहेका म्यानपावरका प्रतिनिधी नारायण लम्साल र सुनिल पंगेनीले भिसा लगेका हुन । 

अहिले नेपालको म्यानपावरलाई सम्पर्क गर्दा यही भएका एजेन्टलाई सम्पर्क गर्न भनेको तर ११ महिना लागि सक्दा पनि एजेन्ट नआएको उनीहरुले बताए ।

पीडितहरुले छिट्टो नेपाल पठाइदिन अनुरोध गर्दै नेपाली दूतावासमा टेलिफोन गरेर समस्या बारे जानकारी गराएका छन् । सोसियल क्लबका सालिक सुवेदी तथा मेघराज सापकोटामार्फत उनीहरुले दूतावासकी श्रम सहचारी हिराकुमारी यादवसँग फोन सम्पर्क गर्र समस्या राखेका थिए । म्यानपावरका प्रतिनिधीले दूतावास किन धाएको भन्दै आफूहरुलाई धम्क्याउने गरेको पीडितहरुको भनाइ छ ।

अहिले खान र बस्नलाई समेत समस्या छ । 'खजुर र पानी खाएर दिन बिताइरहेका छौं,  हामीलाई नेपाल पठाउन सहयोग गरिदिनुपर्‍यो, ' उनीहरुले भने ।  म्यानपावर र कम्पनीसँग समन्वय गरेर सक्दो छिट्टो समस्या समाधान गरिने दूतावासले जनाएको छ । -उमाकान्त पाण्डे/उज्यालोबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण