साउन १२, युएई । युएईको अजमानमा १० जना नेपाली दुई महिनादेखी अलपत्र परेका छन ।

रोजगारीका लागि युएई आएका  उनीहरुलाई कम्पनीले सम्झौता अनुसार काम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२, युएई । युएईको अजमानमा १० जना नेपाली दुई महिनादेखी अलपत्र परेका छन ।

रोजगारीका लागि युएई आएका  उनीहरुलाई कम्पनीले सम्झौता अनुसार काम "/>

2026-07-26 01:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको अजमानमा १० जना नेपाली दुई महिनादेखी अलपत्र


साउन १२, युएई । युएईको अजमानमा १० जना नेपाली दुई महिनादेखी अलपत्र परेका छन ।

रोजगारीका लागि युएई आएका  उनीहरुलाई कम्पनीले सम्झौता अनुसार काम र तलब नदिएपछि समस्यामा परेका हुन् । अलपत्र परेका १० जना मध्ये ८ जना साकुरा नेपाल म्यानपावर मार्फत १० महिना अघि र ई जना भने लिंकस्टार म्यानपावर मार्फत दुई महिना पहिले मात्रै युएई आएका हुन् ।

अलपत्र हुनेहरुमा कोथरी २ दाङका २६ बर्षिय महेन्द्र ओली, सोही ठाउँकै २० बर्षिय अर्जुन बुढाथोकी, बाणगंगा ७ कपिलवस्तुका २२ बर्षिय पूरन गाहा, सोही ठाउँकै २३ बर्षिय गिरबहादुर खत्री, बेनी २ म्याग्दीका २२ बर्षिय भबिन्द्र थापा मगर,  कुवाकोट १४ स्याङ्जाका २० बर्षिय तुलबहादुर थापा , मकवानपुर १ हेटौंडाका २१ बर्षिय कृष्ण बैजु, रुचाङ ५ तल्लोकुवा नवलपरासीका २० बर्षिय बिष्णु दर्लामी छन् ।

त्यस्तै लिकंस्टार म्यानपावरबाट आएर आएकै समयबाट अलपत्र पर्नेमा शैल्यशिखर २ दार्चुलाका २७ बर्षिय लालमनी पार्की, माडी २ चितवनका २२ बर्षिय सन्जय मारदलिया हुनुहुन्छ । सबैबाट एक लाख २५ हजार रुपैयाँ लिएर म्यानपावरले युएई पठाएको हो ।

उनीहरुलाई युएईको वेष्टर प्लस नामको कामदार सप्लाई गर्ने कम्पनीले क्लिनरको काम र मासिक ८ सय दिर्हाम तलब र बस्न दिने भनेर ल्याएको हो । तर यहाँ आएको केही समय आबुधाबीको यासमलमा सरसफाइको काममा लगाए पनि तलब भने नेपालमा गरेको सम्झौता अनुसार नदिएको पीडितहरुको भनाइ छ । यहाँ आएपछि कम्पनीले मासिक ६ सय दिर्हाम मात्रै दिएको र दुई महिना यासमलमा काम लगाए पछि त्यहाँबाट निकालेर कन्ट्रक्सनकाे काममा लगाउन अजमान पुर्‍याएको थियो ।

त्यसरी सम्झौता बिपरित अर्कै काम र कम तलब दिएपछि उनीहरुले काम नगर्ने बताएका थिए । काम गर्दैनौ हामीलाई नेपाल पठाईदिनु भनेर कम्पनीमा भन्दा प्रतिव्यक्ति १२ हजार दिर्हाम तिरे मात्रै नेपाल पठाउन सक्ने कम्पनीले भनेको थियो । ‘कम्पनीमा आउँदा पनि एक लाख २५ हजार तिरें, नेपाल फर्किदा पनि उस्तै’ पीडित दाङका महेन्द्र ओलीले भन्नुभयो ‘आउँदा खोजेको ऋण त तिर्न सकेका छैनौं कहाँ खोजेर तिर्ने १२ हजार दिर्हाम ।’

त्यस कम्पनीमा अन्य देशका कामदार पनि समस्यामा परेका थिए । समस्यामा परेका अन्यले लेबर कोर्टमा उजुरी गरेका थिए । तर लामो समय बितिसक्दा पनि न्याय नपाएको पीडितहरुको गुनासो छ ।

अजमानको लेडी पार्क नजिकै अलमाया सुपरमार्केटको पछाडी १६ नम्बर स्ट्रिटमा अन्य देशका नागरिक समेत गरेर १५ जना एउटै कोठामा बसेका छन् । ‘कोठामा एसी, फ्यान केही छैन ५० डिग्री गर्मी छ कुहिएर मरिन्छ होला, ‘ उकुमुकुस कोठामा गुम्सिएर रात बिताउनु परेको पीडितहरुको भनाइ छ । कम्पनीबाट युएईमै रहेका म्यानपावरका प्रतिनिधी नारायण लम्साल र सुनिल पंगेनीले भिसा लगेका हुन । 

अहिले नेपालको म्यानपावरलाई सम्पर्क गर्दा यही भएका एजेन्टलाई सम्पर्क गर्न भनेको तर ११ महिना लागि सक्दा पनि एजेन्ट नआएको उनीहरुले बताए ।

पीडितहरुले छिट्टो नेपाल पठाइदिन अनुरोध गर्दै नेपाली दूतावासमा टेलिफोन गरेर समस्या बारे जानकारी गराएका छन् । सोसियल क्लबका सालिक सुवेदी तथा मेघराज सापकोटामार्फत उनीहरुले दूतावासकी श्रम सहचारी हिराकुमारी यादवसँग फोन सम्पर्क गर्र समस्या राखेका थिए । म्यानपावरका प्रतिनिधीले दूतावास किन धाएको भन्दै आफूहरुलाई धम्क्याउने गरेको पीडितहरुको भनाइ छ ।

अहिले खान र बस्नलाई समेत समस्या छ । ‘खजुर र पानी खाएर दिन बिताइरहेका छौं,  हामीलाई नेपाल पठाउन सहयोग गरिदिनुपर्‍यो, ‘ उनीहरुले भने ।  म्यानपावर र कम्पनीसँग समन्वय गरेर सक्दो छिट्टो समस्या समाधान गरिने दूतावासले जनाएको छ । -उमाकान्त पाण्डे/उज्यालोबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ