२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन

२०८१, १९ फाल्गुन सोमबार ०८:४५

ललितपुर । चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ ।

दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक जित्यो । एपिएफले ५० हजार हात पार्यो । त्रिभुवन आर्मी क्लब तेस्रो भयो। उसले २ स्वर्ण ३ रजत र ५ कास्य गरी १० पदक प्राप्त गर्यो। उसलाई २५ हजार प्रदान गरियो ।

प्रतियोगितामा पुरूषतर्फ एपिएफका मोहम्मद शेखु आलम र माहिलातर्फ पुलिसकी वर्षा बुढा मगर उत्कृष्ट खेलाडी चुनिए । दुवैलाई जनही २५ हजार प्रदान गरियो ।

प्रतियोगितामा बागमती प्रदेशका सलमान मोहम्मद पुरुषतर्फ र महिलातर्फ कर्णालीकी प्रियंका शाही उदयीमान खेलाडी बने । उनीहरूलाई अन्तराष्ट्रिय स्तरको खेल सामाग्री प्रदान गरिएको छ । बागमती प्रदेश अनुशासित टिम बन्यो ।

प्रतियोगिताको अन्तिम दिन आज महिला ६८ केजी माथीको तौल समुहमा एसियन गेम्सकी ऐतिहासिक रजत विजेता नेपाल प्रहरीकी एरिका गुरूङले स्वर्ण पदक जितिन् । उनले फाइनलमा बागमतीकी महिमा राईलाई ८–० को फराकिलो अन्तरले पराजित गरिन् ।

६८ केजीमुनि पुलिसकी रोजिता ढुङ्गेल पहिलो भईन्। उनले प्रतिस्पर्धात्मक फाइनलमा आर्मीकी सानु तामाङलाई ४–३ को स्कोरमा पाखा लगाइन् । एपिएफकी बिनिता श्रेष्ठ र कोशी प्रदेशकी प्रकृती दुम्जनले कास्य पदक प्राप्त गरे ।

महिला ५० केजीतर्फ आर्मीकी प्रियंका शाहीले गण्डकी प्रदेशकी प्रिती तामाङलाई १२–२ को सहज सकोरले पराजित गर्दै स्वर्ण पदक हात पारिन् । एपिएफकी दीपा लामा र कर्णाली प्रदेशकी ममता नेपाली तेस्रो भए ।

पुरूष ६० केजीमा एपिएफका मीन बहादुर तामाङले स्वर्ण जिते। उनले फाइनलमा आर्मीका राकेश लामालाई ९–१ को स्कोरमा माथ दिए । बागमतीका लिजन साउद र गण्डकी प्रदेशका सुनुल गुरूङ तेस्रो भए ।

८४ केजी माथीको स्पर्धामा एपिएफका तेन्जिङ शेर्पाले पुलिसका आशिष श्रेष्ठलाई ९–० ले पराजित गर्दै स्वर्ण जिते । गण्डकी प्रदेशका प्रविण कुँवर र आर्मीका संगम भुजेलले कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा सात प्रदेश र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडीको सहभागीता रहेको थियो । नेपाल कराते महासंघको ललितपुर जिल्ला मेन डोजोद्वारा आयोजित प्रतियोगितामा कुल १७ स्पर्धामा खेलाडीहरूले भाग लिएका थिए ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्मे खेलाडी सिधै राष्ट्रिय कराते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता