2026-09-19 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर, यस्ता छन् पुरूष र महिला टोलीले खेल्ने अन्तर्राष्ट्रिय खेलहरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन् । कुनै पनि महिना क्रिकेटविहीन हुने छैनन् । बाह्रै महिना पुरुष, महिला र उमेर समूहका विभिन्न प्रतियोगिता हुनेछन् ।

क्यालेण्डर अनुसार पुरूष र महिला तथा उमेर समूहका टोलीले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू खेल्नेछन् ।

सन् २०२५ मा नेपाल प्रिमियर लिग, जय ट्रफी पुरुष एलिट कप, नेपाल ए टिम सिरिज, पिएम कपजस्ता घरेलु प्रतियोगिता खेल्ने नेपाली पुरुष टोलीले अन्तर्राष्ट्रिय कार्यक्रममा पनि उत्तिकै सहभागीता जनाउनेछ ।

ती यसप्रकार छन्,

  • हङकङ सिरिज (अप्रिल ९-१३- हङकङ, नेपाल, कतार, नामिबिया)
  • विश्वकप लिग-२ अघि युके भ्रमण (मे १५-३०)
  • आइसिसी विश्वकप लिग-२ (आयोजक स्टकल्यान्ड, नेपाल र नेदरल्यान्ड्स- जुन २-१२)
  • स्कटल्याण्डविरुद्ध नेपाल टी-२० सिरिज
  • टी-२० विश्वकप छनोटको तयारी (श्रीलंका)
  • भारतका विभिन्न स्थानमा पकेट क्याम्प
  • अस्ट्रेलियाको नेपाल भ्रमण (टी-२० विश्वकप छनोट तयारी)
  • टी-२० तयारीका लागि स्थायी सदस्यसँग सिरिज (युएई)
  • विश्वकप छनोट (अक्टोबर १-१७,ओमान)
  • यूएईमा विश्वकप लिग-२ (युएई, अमेरिका,नेपाल- अक्टोबर २३-नोभेम्बर ४)
  • हङकङ सुपर सिक्सेस (नोभेम्बर पहिलो साता)
  • ओमानसँग दुई खेलको एकदिवसीय सिरिज,नेपालमा ओमान र युएईसँग आइसिसी विश्वकप लिग-२ र ओमानसँग तीन खेलको टी-२० सिरिज (डिसेम्बर २०२५)

क्यानले नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने तयारी गरिरहेको बताएको छ ।

यसैगरी महिलातर्फ विश्वकप एसिया छनोट, इमर्जिङ टिम्स एसिया कपलगायत प्रतियोगिता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई