साउन १३, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १३, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस अहिले पनि दाउपेचको राजनीति गर्दैछ: ओली

१३ श्रावण २०७४, शुक्रबार १०:१६


साउन १३, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । 

छिमेकी चीनको तिब्बतमा एक साताको भ्रमणबाट आज स्वदेश फर्केपछि सञ्चारकर्मीसँग उहाँले दुवै तहको एकैपटक निर्वाचन गर्दा पनि आफ्नो पार्टीको आपत्ति नहुने तर प्रतिनिधिसभाको निर्वाचन समयमा हुन नसकेमा संविधान कार्यान्वयनमा जटिलता उत्पन्न हुने बताउनुभयो । 

संविधानमा आगामी माघ ७ गतेभित्र ती निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था छ । 

अध्यक्ष ओलीले भन्नुभयो – “यो समय पर सर्नु हुँदैन, कम्तीमा संघीय संसद्को निर्वाचन हुनुपर्छ, दुवै निर्वाचन एकैपटक गर्दा मतपत्रको प्राविधिक समस्या पर्ने भए एउटै मतपत्र राखी प्रत्यक्ष प्रणालीमा प्राप्त मतलाई सम्बन्धित दलले समानुपातिक प्रणालीमा पनि उत्तिकै मत प्राप्त गरेको प्रावधानमा पनि जान सकिन्छ ।” 

अहिले मुलुक निर्वाचन केन्द्रित भएकाले संविधान संशोधनका लागि छलफल गर्ने समय नभएकाले निर्वाचनपछि त्यसबारे सोच्न सकिने उहाँले बताउनुभयो । 

संविधान संशोधन नभए निर्वाचनमा नजाने राष्ट्रिय जनता पार्टीको अडानबारे अध्यक्ष ओलीले भन्नुभयो – “राजपाले साना साना विषयमा निहुँ खोजेर लोकतान्त्रिक पद्धतिलाई अस्वीकार गर्नु हुँदैन ।” 

उहाँले राजपासँग सम्झौता गर्ने नेपाली काँग्रेसकै कारण सो दलले दोस्रो चरणको निर्वाचनमा भाग नलिएको आरोप लगाउँदै “काँग्रेस अहिले पनि दाउपेचको राजनीतिमा छ, ऊ राजपालाई निर्वाचनभन्दा बाहिर राख्न चाहन्छ तर राजपा एमालेका कारण माग पूरा भएन भनिरहेको छ,” भन्नुभयो । 

अध्यक्ष ओली ल्हासाबाट सिगात्से र कैलाश मानसरोबरको सांस्कृतिक तथा पर्यटकीय भ्रमणमा जानुभएको थियो । त्यहाँ रहँदा उहाँले तिब्बत स्वशासित क्षेत्रका पदाधिकारीसँग पनि भेटवार्ता गर्नुभएको थियो । 

आफ्नो सरकारका पालामा भएका पारवहनलगायतका सम्झौता पूरा गर्न चिनियाँ पक्ष तयार रहेको बताउँदैै अध्यक्ष ओलीले रसुवाको केरुङ् सीमासम्म चीनले रेल बाटो बनाइरहेको र नेपाल सरकारले आग्रह गरेमा सीमाबाट यता नेपालमा पनि सो बाटो विस्तारमा सघाउन चीन तयार रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले यसबारे आफूले सरकारलाई अवगत गराउने पनि बताउनुभयो । 

अध्यक्ष ओलीलाई पार्टीका उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका नेताले स्वागत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट