साउन १४, काठमाडौँ । धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’ धाबिका सुश्री मीरा राईलाई आज यहाँ सम्मान गरियो । 

उनी धावन क्षेत्रमा ‘"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १४, काठमाडौँ । धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’ धाबिका सुश्री मीरा राईलाई आज यहाँ सम्मान गरियो । 

उनी धावन क्षेत्रमा ‘"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अब मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्छ’: अर्थमन्त्री

१४ श्रावण २०७४, शनिबार ०८:३४


साउन १४, काठमाडौँ । धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’ धाबिका सुश्री मीरा राईलाई आज यहाँ सम्मान गरियो । 

उनी धावन क्षेत्रमा ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल भएकी थिइन् । भोजपुरे सेवा समाजले आयोजना गरेको कार्यक्रममा उहाँलाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मान गर्नुभएको हो । 

कार्यक्रममा अर्थमन्त्री कार्की, पूर्वअर्थमन्त्री शङ्कर कोइराला र सोलुखुम्बुका समाजसेवी गोमा शेर्पालाई पनि सम्मान गरिएको थियो । 

सो अवसरमा अर्थमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणभएपछि २००७ सालदेखिको नेपाली जनताको सपना पूरा भएको उल्लेख गर्दै अब मुलुकमा राजनीतिक आन्दोलन समाप्त भई आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको छ भन्नुभयो । 

नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारले देशमा राजनीतिक स्थायित्वको विकास गर्दै नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्नका लागि मुलुकको अर्थतन्त्रलाई उकास्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । 

अर्थमन्त्री कार्कीले नेपालको निर्यात घटेको र आयात बढिरहेकोमा चिन्ता व्यक्त गर्दै देशमा आयात न्यूनीकरण गर्ने चुनौति रहेको धारणा व्यक्त गर्नुभयो । 

जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट देशलाई सम्पन्न गर्ने बताउँदै उहाँले भोजपुरबाट तराई जोड्ने सडकको सुदृढिकरण र आवश्यक पुल निर्माण गर्नेतर्फ सरकारले ध्यान दिने छ भन्नुभयो । 

अर्थमन्त्री कार्कीले जापान सरकारले नेपाललाई विभिन्न क्षेत्रमा गर्दैआएको सहयोगको सरहाना पनि गर्नुभयो । 

पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले मुलुकको दिगोे आर्थिक विकासका लागि सरकारले गम्भीर भएर कार्य गर्नुपर्ने आवश्यकता आंैल्याउनुभयो । नेपालका लागि जापानी राजदूत मासासी ओगावा, सांसद जयन्ती राई, तारादेवी राई तथा मोहनकुमार राईको पनि कार्यक्रममा सहभागिता थियो । 

कार्यक्रममा मन्त्री कार्कीले भोजपुर समाजको वेवसाइट www.bhojapur. com.org सेवाको पनि शुभारम्भ गर्नुभयो । समाजका अध्यक्ष पासाङग दोर्जे शेर्पाेको सभापतित्व कार्यक्रम सम्पन्न भयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट