साउन १६, काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा हुने पुनः मतदानको मिति तोक्न मुख्य निर्वाचन अधिकृतलाईर् निर्देशन दिएको छ ।
निर्वाचन आयोगको सोमबार बसेको बैठकले उक्त वडामा मतदान हुने स्थान मिति र आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराई मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना कार्य सम्पन्न गर्न समेत निर्देशन दिएको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताए ।
भरतपुर १९ को मत गणना चलिरहेका बेला जेठ १४ गते मध्यरातमा माओवादीका कार्यकर्ताले मतपत्र त्यातेका थिए । छानविन गर्दा ९० मत पत्र च्यातिएको भेटिएपछि आयोगले वडा नं. १९ मा पुनःमतदान गर्ने निर्णय गरेको थियो ।
तर, आयोग निर्णय कार्यान्वयन नगर्न र च्यातिएका मतपत्र बदर गरी बाँकी गणना गर्नु पर्ने माग गर्दै एमाले उम्मेवादर सर्वोच्च गए । सर्वोच्चले आइतबार रिट खारेज गर्दै पुनः मतदान गर्ने आयोगको निर्णयलाई सदर गरेको थियो ।