साउन १७, डोल्पा । साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन अगावै सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला समन्वय सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, डोल्पा । साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन अगावै सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला समन्वय सम"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पा जिससका सम्पूर्ण पदाधिकारी निर्विरोध

१७ श्रावण २०७४, मंगलवार ०६:४४

साउन १७, डोल्पा । साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन अगावै सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला समन्वय समितिको निर्वाचनमा निर्वाचित हुने संयोजक, उपसंयोजकलगायत नौ सदस्यीय समिति सबै निर्वाचनअगावै निर्विरोध निर्वाचित भइसकेकाले २० साउनमा डोल्पामा निर्वाचन नहुने नेकपा (एमाले) का वैकल्पिक केन्द्रीय सदस्य हंशबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार, निर्वाचित हुनेमा एमालेको तर्फबाट संयोजकमा काइके गाउँपालिकाका शेरबहादुर बुढा, उपसंयोजकमा ठूलीभेरी नगरपालिकाका एमालेकै नरबहादुर बुढा, सदस्यहरुमा ठूलीभेरी नगरपालिकाबाट एमालेकै क्रमशः रामप्रसाद महत, देवालक्ष्मी रोकाय, प्रेमलाल विक, एमालेबाटै त्रिपुरासुन्दरी नगरपालिकाबाट देवी घर्ती, एमालेबाटै मुड्केचुला गाउँपालिकाबाट माया ठकुल्ला, एमालेकै काइके गाउँपालिकाबाट मैन ठकुल्ला र सोही गाउँपालिकाबाट राप्रपाका चन्द्र बुढा रहेका छन् ।

निर्विरोध निर्वाचित प्रतिनिधिहरुलाई सोमबार सदरमुकाम दुनैमा आ–आफ्ना पार्टीका प्रतिनिधि तथा शुभचिन्तकले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

भौगोलिक विकटताले सदरमुकामसम्म आउन समय अभाव भएकाले उपल्लो डोल्पाका डोल्पो बुद्ध, छार्का ताङ्सोङ, शे–फोक्सुन्डो तथा तल्लो डोल्पाको जगदुल्ला गाउँपालिकाका प्रतिनिधिहरुलाई जिससमा समावेश गर्न नसकिएको केन्द्रीय सदस्य शाहीले जानकारी दिए ।

सोमबार मात्रै सदरमुकाम दुनैमा आयोजित विशेष कार्यक्रमका बीच स्वतन्त्रबाट निर्वाचित भएका डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष पेम्बा गुुरुङ एमालेमा प्रवेश गरेको शाहीले बताए । डोल्पाका आठवटै स्थानीय तहमा एमालेबाट प्रमुख तथा उपप्रमुखलगायत जनप्रतिनिधिहरुको बहुमत रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट