2026-07-04 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कलंकीको बीच सडकमै कसले गर्‍यो गोलेको हत्या ?

काठमाडौँ | काठमाडौँको महानगरपालिका-१४ कलंकीको एलआरआई स्कुल नजिकै विवाद हुँदा एक युवकको हत्या भएको छ । हत्या हुनेमा ढुंगेअड्डा घर भएका अभय गोले हुन् । सोमबार राति ९ बजेतिर कलंकीको एलआरआई स्कुल नजिकको सडकमा दुई समूहबीच विवाद भएको थियो ।

विवादको क्रममा अनियन्त्रित भिडले अभयमाथि धारिलो हतियार प्रहार गरेका थिए । रड,खुकुरी र मुक्का प्रहार हुँदा मृतक गोले समूहका तीनजना घाइते भएका छन् । घाइते हुनेमा नागढुंगाका सन्दिप भुजेल, हेटौडाका पवन तामाङ, चन्द्रागिरीका पासाङ शेर्पा रहेका छन् । उनीहरूको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार, २१ वर्षीय रोहित खड्का,विनय लामा र पर्वित श्रेष्ठको समूहले मृतक गोले समूहलाई खुकुरी र रड प्रहार गरेको थियो । घटना हुनासाथ प्रहरी पुग्दा गहिरो चोट लागेको अवस्थामा बीच सडकमा ढलेका थिए । उपचारका लागि उनलाई कलंकीको सहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो । केही समयपछि नै उनलाई मृत घोषणा गरिएको थियो ।

प्रहरीका अनुसार कुटपिट तथा हत्यामा संलग्न १७ जनालाई नियन्त्रणमा लिइएको छ । यो विवादको सुरू भने होली खेल्ने दिनबाट सुरू भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार,होलीको अघिल्लो दिन अभय गोले र नैकाप घर भएका निश्चल मगरबीचमा विवाद भएको थियो । विवाद हुँदा अभयले निश्चललाई झापड हानेका थिए । सोही विषयमा दुई समूहबीच विवाद बढ्दै गएको थियो । निश्चलका साथी रोहित खड्काले अभयलाई भेटेर साथीभाइलाई किन कुटपिट गरेको भन्दै प्रश्न गरेका थिए । खड्कागाँउका स्थानीय रोहित साथीभाइमाझ ‘खरायो’ उपनामले समेत चिनिन्छन् । यसैक्रममा उनको मोबाइल हरायो ।

रोहितले अभयसँग भेटेर विवादको विषय सुल्झाउन खोजेका थिए । यसैक्रममा अभयले हिम्मत भए सोमबार राति एलआरआई तिर आउनु भने सूचना पठाएका थिए । सोमबार राति अभय ४ जना साथीहरूसँगै उक्त  स्थानमा पुगेका थिए । रोहित समूहका २० जना पनि त्यहाँ पुगेपछि विवादले चर्को रुप लियो। विवादका क्रममा रोहित र निश्चल समूहले रड र खुकुरी प्रहार गरेर अभयको ज्यान लिए। घटनामा संलग्न निश्चल,अभय तथा अन्य दुईजना फरार रहेका छन् ।

प्रहरीका अनुसार लागुऔषध सेवनकर्ता समेत रहेका उनीहरू झैंझगडा गर्ने र बरालिएर हिँड्ने गरेको खुलेको छ ।  आक्रमणमा संलग्न मुख्य आरोपित रोहितसहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । अभय र रोहितको दुवै समूह कलंकी र नैकापमा सक्रिय छन् । उनीहरुले आफूहरूलाई ‘बाईकर्स’ समूहका नामले चिनाउने गर्छन्। अन्नपुर्णबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन