2026-09-07 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने

2026-07-03

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको बताएका छन् । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग सरकारको एक सय दिनको समीक्षा गर्दै रविले सुरुवाती चरण सफल भएको जिकिर गरेका हुन् ।

‘सरकारले नागरिकसँग सम्बन्धित विषयमा जोड लगायो । सय दिनमा सरकारले सुशासनमा अझै बढी समय लगाएको छ । सुशासनको मुद्दामा सरकारको बढी ध्यान गएको छ । तुलनात्मक रूपमा विकास निर्माणमा आज गरिएका कामहरू अलि पछाडि देखिँदै आउँछ । भौतिक पूर्वाधारको क्षेत्रमा हामीले तीन वर्षको प्याकेज बनाएर काम गरेका छौँ । जसको नतिजा तीन वर्ष अगाडि अपेक्षा गर्न अलि गाह्रो हुनसक्छ’, उनले भने, ‘यद्यपि तत्काल देखिने कामहरू पनि निरन्तर भइरहेको छ । सुशासन अहिलेको सरकारको प्राथमिकता भएको र नागरिकलाई सेवा दिने विषयमा तीनलाई डिजिटल, होम डेलिभरी, कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ । राम्रो विगिनिङ भएको मलाई लाग्छ । नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ।’

सय दिनमा केही कमीकमजोरी भएमा सञ्चार माध्यम, नागरिक समाज, बुद्धिजीवीबाट आएको सुझावलाई समेटेर अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए। आगामी दिनमा सरकार अझै परिपक्व ढङ्गले अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित