2026-10-23 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने

2026-07-03

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको बताएका छन् । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग सरकारको एक सय दिनको समीक्षा गर्दै रविले सुरुवाती चरण सफल भएको जिकिर गरेका हुन् ।

‘सरकारले नागरिकसँग सम्बन्धित विषयमा जोड लगायो । सय दिनमा सरकारले सुशासनमा अझै बढी समय लगाएको छ । सुशासनको मुद्दामा सरकारको बढी ध्यान गएको छ । तुलनात्मक रूपमा विकास निर्माणमा आज गरिएका कामहरू अलि पछाडि देखिँदै आउँछ । भौतिक पूर्वाधारको क्षेत्रमा हामीले तीन वर्षको प्याकेज बनाएर काम गरेका छौँ । जसको नतिजा तीन वर्ष अगाडि अपेक्षा गर्न अलि गाह्रो हुनसक्छ’, उनले भने, ‘यद्यपि तत्काल देखिने कामहरू पनि निरन्तर भइरहेको छ । सुशासन अहिलेको सरकारको प्राथमिकता भएको र नागरिकलाई सेवा दिने विषयमा तीनलाई डिजिटल, होम डेलिभरी, कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ । राम्रो विगिनिङ भएको मलाई लाग्छ । नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ।’

सय दिनमा केही कमीकमजोरी भएमा सञ्चार माध्यम, नागरिक समाज, बुद्धिजीवीबाट आएको सुझावलाई समेटेर अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए। आगामी दिनमा सरकार अझै परिपक्व ढङ्गले अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ