प्रज्वल पाैडेल/साउन १७,काठमाण्डौ । सुचना तथा संचारमन्त्री माेहन बहादुर बस्नेतले पत्रकारलाई पुरस्कार र प्रशिक्षण दिनका लागि सरकारले तयारी गरेकाे बताउनुभयो ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/साउन १७,काठमाण्डौ । सुचना तथा संचारमन्त्री माेहन बहादुर बस्नेतले पत्रकारलाई पुरस्कार र प्रशिक्षण दिनका लागि सरकारले तयारी गरेकाे बताउनुभयो ।

"/>
2026-07-01 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाेकतन्त्र संस्थागत गर्न पत्रकारकाे भुमिका महत्त्वपूर्ण: संचारमन्त्री

2017-08-01


प्रज्वल पाैडेल/साउन १७,काठमाण्डौ ।

सुचना तथा संचारमन्त्री माेहन बहादुर बस्नेतले पत्रकारलाई पुरस्कार र प्रशिक्षण दिनका लागि सरकारले तयारी गरेकाे बताउनुभयो ।

नेपाल पत्रकार महासंघले मंगलबार संचारग्राममा अायाेजना गरेकाे बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बाेधन गर्दै बस्नेतले पत्रकार महासंघ र संचारमन्त्रालय समन्वय गरेर अगाडि बढ्न अाफु तयार रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – "संचार क्षेत्रका समस्या समाधान गर्न यस सँग सम्बन्धित निकायसँग छलफल गरि अगाडि बढ्छु ।"


मुलुकलाई समृद्धिमा लैजाने अबस्थामा पत्रकार अाफै पारिश्रमिक नपाउने, पेशागत सुरक्षा अभाव जस्ता समस्या हुनु दुखद भएकाे बताउदै मन्त्री बस्नेतले यस्ता घटनाले झनै समस्या सिर्जना गर्ने धारणा राख्नुभयाे । देशमा भएको २०४६ र ०६२/६३ सालकाे अान्दाेलनमा, लाेकतन्त्रलाई संस्थागत गर्न पत्रकारले ठुलाे याेगदान पुर्याएकाे बस्नेतले स्मरण गर्नुभयाे ।

१० बर्ष अगाडि र पछाडिको संचारमा फरक रहेकाे छ, उहाँले भन्नुभयाे-' पहिलाे एसएलसि पास नगरेकाे व्यक्ति पनि पत्रकार भएकाे तर अहिले पत्रकारिता अध्ययन गरेर नै पेशा अगाल्न थालेका छन् । यद्यपि अझै सरकार, पत्रकार महासंघ , मिडिया सम्बद्घ संस्थाले पत्रकारलाई प्रशिक्षण दिनु अावश्यकता रहेकाे छ।'

उहाँले श्रमजीवी पत्रकारलाई संचारकर्मी शब्दले सम्बाेधन गर्नु उपयुक्त हुने तर्क गर्नुभयाे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले विदेशी टेलिभिजन च्यानल नेपालमा प्रशारण गर्दा क्लिन फिडमा अाउनुपर्ने बताउनुभयाे । प्रेस स्वतन्त्रताकाे विषयमा कानुनमा स्वतन्त्र भएपनि व्यवहारमा हुन नसकेकाे बताउनुभयो ।

उहाँले पेशागत र भाैतिक रूपमा पत्रकार अझै सुरक्षित हुन नसकेको धारणा राख्नुभयाे । विज्ञापनमा एकाधिकार हुन नहुने तर्क गर्दै विष्टले लाेककल्याणकारी/सार्वजनिक विज्ञापन समानुपातिक वितरणमा जानुपर्ने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ