१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अर्जेन्टिनाद्वारा ब्राजिलमाथि ४-१ को सानदार जित

ब्राजिलमाथि जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा १४ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा
१३ चैत्र २०८१, बुधबार ०९:०४

काठमाडौँ । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को सानदार जित हात पारेको छ ।

बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेपछि यसअघि नै अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले लिओनल मेसीविनै ब्राजिललाई हराएको हो ।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गरे । ब्राजिलका लागि माथिउस कुन्हाले एक गोल फर्काए ।

अल्भारेजले खेलको चौथो मिनेटमै थियागोल अल्माडाको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एन्जो फर्नान्डेजले १२औं मिनेटमा नाहुल मोलिनाको पासमा गोल गरी अग्रता दोब्बर पारे ।

कुन्हाले २६औं मिनेटमा गोल गर्दै ब्राजिलला२ खेलमा फर्काउने संकेत देखाएका थिए । तर म्याक एलिस्टरले ३७औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमै ३-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा अर्जेटिनाले एक गोल थप्यो । अर्जेन्टिनाका लागि सिमीओनीले ७४औं मिनेटमा गोल गरे ।

ब्राजिलमाथि जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा १४ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ ।

समान खेलबाट २१ अंक रहेको ब्राजिल चौथो स्थानमा छ । १४ खेलबाटै २३ अंकसहित इक्वेडर दोस्रो र २१ अंक जोडेको उरुग्वे तेस्रो स्थानमा छ । यस्तै पाराग्वेको पनि समान २१ अंक छ र अंकतालिकामा पाँचौ स्थानमा छ ।

कोलम्बिया २० अंकसहित छैटौं स्थानमा छ । दक्षिण अमेरिकी छनोटबाट शीर्ष ६ स्थानमा रहने टोली सिधै विश्वकपमा छनोट हुनेछ भने सातौं स्थानमा रहने टिमले अन्तरमहादेशिय प्लेअफ खेल्नेछ ।

छनोट अन्तर्गत उरुग्वे र बोलिभिया तथा इक्वेडर र चिलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै कोलम्बिया र पाराग्वेले २-२ को बराबरी खेल्दा भेनेजुएलालेल पेरुलाई १-० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार