२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानको विषयलाई लिएर प्रतिपक्षले संसद् अवरुद्ध पार्नु संविधानविपरीत : महेश बर्तौला

१४ चैत्र २०८१, बिहीबार १७:१५

काठमाडौँ | नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा विपक्षी दलहरूले सदनमा अवरोध गरेर अदालतलाई प्रभावित पार्न खोजेको टिप्पणी गरेका छन् ।

बिहीबार संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । कुलमान बर्खास्तीको विषय अदालतको क्षेत्राधिकारभित्र प्रवेश गरिसकेको उल्लेख गर्दै उनले सोही विषयलाई लिएर प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्नु संविधानविपरीत भएको उल्लेख गरे ।

प्रभावित व्यक्ति न्यायको लागि अदालती प्रक्रियामा गइसकेका कारण सदनमा बहसको विषय बनाउन जरुरी नभएको उनको भनाइ छ । प्रतिपक्षी दलहरूले उठाएको विषयमा सरकार जवाफ दिन तयार रहेको भए पनि व्यक्ति विशेषको जवाफ माग गर्नु गलत भएको बताए ।

“अपोजिसनले अदालतको क्षेत्राधिकारभित्र प्रवेश गरेको विषयलाई जबरजस्ती सदनको ब्यानर बनाएर संविधानविपरीत अदालतको न्याय निरुपणको प्रक्रियालाई प्रभावित गर्ने कुरा यो आफैँमा बेठिक छ । सडकमा नाराबाजी गर्ने, पुत्ला दहन गर्न लगाउने, मसाल जुलुस लगाउने र हाउसमा समेत अवरोध गर्ने कुराले अदालतलाई प्रभावित पार्ने मनसाय देखिन्छ । यस्तो कुरा लोकतन्त्रमा बेठिक हुन्छ,” उनले भने ।

सरकारको नीति र निर्देशन नमानेको कारण प्राधिकरणबाट कुलमानलाई हटाइएको समेत उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्यान्डमा भेट पक्का तीनकुने घटना : ५४ प्रहरी डिस्चार्ज, १३ घाइते उपचाररत सगरमाथा आधार शिविरमा एक श्रमिकको मृत्यु   दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान