साउन १८, राजविराज । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारीमा जाने युवायुवती ठगीमा परेको भन्दै फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयनमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १८, राजविराज । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारीमा जाने युवायुवती ठगीमा परेको भन्दै फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयनमा "/>

२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फ्रि भिसा फ्रि टिकट’ छिट्टै कार्यान्वयन हुन्छ: श्रममन्त्री

२०७४, १८ श्रावण बुधबार ०६:०३


साउन १८, राजविराज । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारीमा जाने युवायुवती ठगीमा परेको भन्दै फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । 

सप्तरीको सदरमुकाम राजविराजस्थित सुरक्षित आप्रवाशन तथा सूचना केन्द्रको मंगलबार गतिविधि तथा ठगीमा परेकासँग जानकारी लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । 

गाउँगाउँमा वैदेशिक रोजगारीको नाममा संस्थागतरुपमा ठगी भइरहेकाले यस विषयमा आफूले साउन महिनाभित्र नयाँ कदम चाल्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

गरिब एवं विपन्न परिवारका व्यक्तिले सुविधाका लागि सरकारले दिएको फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयन हुन्छ, उहाँले आश्वासन पनि दिनुभयो । 

करिब दुई वर्ष अगाडि सरकारले निःशुल्क भिसा र निःशुल्क टिकटको निर्णय लिए पनि हालसम्म कार्यान्वयनमा नआउँदा ‘देशैभरिका जिल्लामा वैदेशिक रोजगारीमा जाने व्यक्ति ठगीमा पर्ने गरेको र ठग पोख्त रहेका कारण प्रमाण नछोड्दा कारबाही प्रक्रिया पनि प्रभावकारी हुन नसकेको मन्त्री मनसुरले गुनासो गर्नुभयो । 

जिल्ला परियोजना समन्वय समितिका संयोजक एवं स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सामी हेल्भेटास नेपालका टिम लिडर सीता घिमिरे, सप्तरी सामुदायिक विकास केन्द्रका अध्यक्षसमेत रहेका गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष शम्भुनन्द चौधरी, सबल नेपालका निर्देशक दीपककुमार झा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक रामाआधार यादवलगायतको उपस्थिति रहेको थियो । 

यसैबीच, सूचना केन्द्र सञ्चालन भएयता १३ हजार ८०२ जनाले निःशुल्क सूचना परामर्श लिएका छन् भने ठगीमा परेका एक हजार ३१ जनाले सूचना केन्द्रमा न्यायका लागि निवेदन दर्ता गराएकोमा छ हजार ६४१ जनाको मुद्दा समाधान गरी कुल रु दुई करोड ८९ लाख १७ हजार २०० फिर्ता गराउन सफल भएको कार्यक्रममा सूचना तथा परामर्श केन्द्रका संयोजक रामप्रमेश मण्डलले जानकारी दिनुभयो । 

वैदेशिक रोजगारीको सिलसिलामा आठ वर्षयता १२९ जनाले ज्यान गुमाएको सूचना तथा परामर्श केन्द्रका संयोजक मण्डलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ