४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवीन्द्र-धवललगायतलाई ३ बजेपछि सरकारी वकिलकहाँ लगिने, पक्राउ परेकाको कसुर केलाउँदै प्रहरी

१७ चैत्र २०८१, आईतवार १३:४०

काठमाडौँ  | राजावादी प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका थुनुवालाई अपराह्न ३ बजेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिने भएको छ ।

उनीसहित पक्राउ परेका १११ थुनुवामध्ये कसलाई कुन मुद्दामा पेश गर्ने भन्ने कुराको निर्क्यौल भइसकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार धेरैजनामाथि मुद्दा चलाउनुपर्ने कारण लेखापढी गरेर कागजात तयार पार्न समय चाहिने भएकोले ढिलो भएको हो ।

पक्राउ परेकामध्ये कतिपय थुनुवालाई छाड्ने-नछाड्ने विषयमा निर्णय लिन बाँकी रहेको उनले बताए ।

शुक्रबार रातिदेखि परिसरको हिरासतमा राखिएका राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री धवलसमशेर राणा, कानुन व्यवसायी भद्रप्रसाद (स्वागत) नेपालसहितलाई म्याद थपका निम्ति सरकारी वकिलको कार्यालयमा पेश गर्न लागिएको प्रवक्ता बोहराले बताए ।

‘हाम्रो तर्फबाट उहाँहरूलाई अहिले छाड्ने कुरा छैन, अभियोग खुलाएर सरकारी वकिलको कार्यालयमा पेश गर्छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ