२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवीन्द्र-धवललगायतलाई ३ बजेपछि सरकारी वकिलकहाँ लगिने, पक्राउ परेकाको कसुर केलाउँदै प्रहरी

२०८१, १७ चैत्र आईतवार १३:४०

काठमाडौँ  | राजावादी प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका थुनुवालाई अपराह्न ३ बजेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिने भएको छ ।

उनीसहित पक्राउ परेका १११ थुनुवामध्ये कसलाई कुन मुद्दामा पेश गर्ने भन्ने कुराको निर्क्यौल भइसकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार धेरैजनामाथि मुद्दा चलाउनुपर्ने कारण लेखापढी गरेर कागजात तयार पार्न समय चाहिने भएकोले ढिलो भएको हो ।

पक्राउ परेकामध्ये कतिपय थुनुवालाई छाड्ने-नछाड्ने विषयमा निर्णय लिन बाँकी रहेको उनले बताए ।

शुक्रबार रातिदेखि परिसरको हिरासतमा राखिएका राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री धवलसमशेर राणा, कानुन व्यवसायी भद्रप्रसाद (स्वागत) नेपालसहितलाई म्याद थपका निम्ति सरकारी वकिलको कार्यालयमा पेश गर्न लागिएको प्रवक्ता बोहराले बताए ।

‘हाम्रो तर्फबाट उहाँहरूलाई अहिले छाड्ने कुरा छैन, अभियोग खुलाएर सरकारी वकिलको कार्यालयमा पेश गर्छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ