2026-09-28 09:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

2026-06-20

काठमाडौँ | पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सडक विभागको पछिल्लो तथ्यांक अनुसार आज बिहान ७० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डहरूमा पूर्ण वा आंशिक अवरोध देखिएको छ।

कोशी प्रदेशका तीन जिल्लामा बाढीका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। भोजपुर नगरपालिका–५ बोखिम र पाँचथरको याङ्वरक गाउँपालिका–२ दोभानमा मध्य पहाडी लोकमार्ग बाढीले गर्दा प्रभावित भएको छ। त्यस्तै, इलाम नगरपालिका–९ राजदूवालीमा बाढीका कारण मेची राजमार्गमा अवरोध पुगेको छ। हाल यी तीनै स्थानमा यातायात एकतर्फी मात्र सञ्चालनमा रहेको छ। बागमती प्रदेशको बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

मकवानपुरको कुलेखानी-फाखेल-हुमाने-फर्पिङ हुँदै काठमाडौँ जोड्ने सडक खण्ड मर्मत कार्य भइरहेकाले आगामी एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक प्रयोग गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ। गण्डकी प्रदेशमा पहिरोका कारण दुई मुख्य सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। लमजुङको बेसीसहर नगरपालिका–६ खरखरे भिरमा खसेको पहिरोले बेँसीसहर-मनाङ सडक खण्ड ठप्प पारेको छ।

नवलपरासी पूर्व को गैंडाकोट नगरपालिका ३ घोक्रफातमा आजै बिहान खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह