साउन १८, गौशाला । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेकपा एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादी रहेको आरोप लगाउनुभएको छ । 

महोत्तरीको जल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, गौशाला । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेकपा एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादी रहेको आरोप लगाउनुभएको छ । 

महोत्तरीको जल"/>

२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादी: मन्त्री मन्सुर

२०७४, १८ श्रावण बुधबार ०९:१०

साउन १८, गौशाला । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेकपा एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादी रहेको आरोप लगाउनुभएको छ । 

महोत्तरीको जलेश्वरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “एमाले र मधेश केन्द्रित दलका हठका कारण संविधानले पूर्णता र सर्वस्वीकार्यता पाउन नसकेर देश विकासको गतिमा अवरोध उत्पन्न भएको छ ।” 

मन्त्री मन्सुरले एमालेले सधैँ पहाडवादी राष्ट्रवादको नारा लगाएर मधेश र मधेशीलाई गाली र अपमानित गर्ने गरी पहाडे समुदायलाई मधेश विरोधी खडा गर्ने तथा मधेश केन्द्रित दलले सधैँ मधेशवादी राष्ट्रवादको नारा लगाएर पहाड र पहाडे समुदायलाई गाली र अपमानित गर्ने काम गरेर देश बिखण्डनको दिशामा हिडाउन खोजेको आरोप लगाउनुभयो । 

नेपाली काँग्रेस शुरुदेखि नै संविधानलाई संशोधन र परिमार्जन गरेर मधेशी, थारु, आदिवासी जनजाति, पीछडिएको वर्गलगायत सबै नेपालीको माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्यको दायरामा लैजान तयार रहेको चर्चा गर्दै उहाँले संविधान संशोधन तथा मधेशीलगायत सबै वर्ग समुदायको माग पूरा गर्ने वातावरण निर्माणका लागि काँग्रेस जिम्मेवारीपूर्वक कार्य गरिरहेको बताउनुभयो । 

मन्त्री मन्सुरले राजपाले उठाएका शहिद घोषणा, घाइतेको उपचारलगायतका माग पूरा हुने अवस्थामा रहेको र ती सबै काम नेपाली काँग्रेसले नै गराएको दाबी गर्दै नेपाली जनताको हक, अधिकार, देशमा दिगो शान्ति र विकासका लागि नेपाली काँग्रेस सधैंँ तत्पर रहेको भन्नुभयो । 

सबैको अधिकार, पहिचान र स्वाभिमानको रक्षा तथा देशको विकास र समृद्धिका लागि तेश्रो चरणअन्तर्गत हुने स्थानीय तहलगायत तिन वटै तहको निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमतका साथ जिताउन सबैमा उहाँले अपिल गर्नुभयो । 

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा मन्त्री मन्सुरले महोत्तरीलगायत तराई क्षेत्रमा पर्याप्त सम्भावना र अवसर रहेको उद्योग, कलकारखाना स्थापनाका लागि सरकार गम्भीर रहेको छ भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ