2026-07-04 11:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा छाती पिट्दै राजेन्द्र लिङदेनले भने: म राजावादी हुँ, कारबाही गरेर देखाउँ

काठमाडौँ | प्रतिनिधि सभाको आईतबारको बैठकमा पत्तापक्ष र प्रतिपक्षी दलबीच चर्काचर्की भएको छ ।

विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण माग गर्दै आइतबारपनि प्रतिपक्षी दलले सदन अवरोध गरेपछि सांसदहरु आरोपप्रत्यारोपमा उत्रिएका हुन् । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपासहित दलले बैठकको सुरुवातमै उठेर सरकारको जवाफ मागेपछि सदन अवरुद्ध भएको थियो ।

सभामुख देवराज घिमिरेको बारम्बारको आग्रहपछि पनि प्रतिपक्षी सांसदहरुले अवरोध कायम राखेपछि नेकपा (एमाले) का सांसद ठाकुर गैरेले सदन सञ्चालन हुनु पर्ने माग गर्दै आवाज उठाएका थिए । सो पछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच करिब १५ मिनेट चर्काचर्की चलेको थियो ।

चर्काचर्कीका बीच एक सांसदले जस्ले राजावादी हुँ भन्छ ऊ गणतन्त्र विरोधी भएकाले कारबाहीको माग गरे । लगत्तै अध्यक्ष राजेन्द्र लिङदेनसहित राप्रपाका सांसदहरुले छाती पिट्दै आफूहरु राजवादी भएकाले कारबाही गरेर देखाउन चेतावनी दिएका थिए ।

सांसदहरुबीच थप चर्काचर्की सुरु भएपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन