साउन १९, काठमाडौं । माओवादीको मूल नेतृत्वसहित अधिकांश जनवर्गीय संगठनमा लामो समयदेखि एकै व्यक्तिले नेतृत्व लिइरहेका छन् । कतिपयले पार्टी नेतृत्वको दबाब र कतिपयले आफ्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, काठमाडौं । माओवादीको मूल नेतृत्वसहित अधिकांश जनवर्गीय संगठनमा लामो समयदेखि एकै व्यक्तिले नेतृत्व लिइरहेका छन् । कतिपयले पार्टी नेतृत्वको दबाब र कतिपयले आफ्न"/>
२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेतृत्व किन छाड्दैनन् माओवादी नेता ?

२०७४, १९ श्रावण बिहीबार ०२:४६

साउन १९, काठमाडौं । माओवादीको मूल नेतृत्वसहित अधिकांश जनवर्गीय संगठनमा लामो समयदेखि एकै व्यक्तिले नेतृत्व लिइरहेका छन् । कतिपयले पार्टी नेतृत्वको दबाब र कतिपयले आफ्नै ‘चाहना’का कारण पद नछाडेका हुन् ।

अखिल नेपाल किासन संघ (क्रान्तिकारी), नेपाल दलित मुक्ति मोर्चा र प्रेस सेन्टरको नेतृत्व लामो समयदेखि एकै व्यक्तिको हातमा छ । अन्य संगठनमा पनि लामो समय पदाधिकारीमै रहेका व्यक्तिले नेतृत्व लिइरहेका छन् ।

लामो समय एकै व्यक्तिले नेतृत्वमा हालीमुहाली जमाउँदा नयाँ पुस्ता राजनीतिबाट क्रमशः टाढिन थालेको छ । माओवादी केन्द्रसँग अहिले विद्यार्थी, मजदुर, महिलालगायत २५ भन्दा बढी जनवर्गीय संगठन तथा वाईसीएललगायत आठ सहायक संगठन र नेवाः, तामाङ, किरातजस्ता ३४ जातीय–क्षेत्रीय मोर्चा छन् ।

कसले कति सम्हाले ?

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियार र प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले संगठनको नेतृत्व सम्हालेको झन्डै दुई दशक पुगेका छ ।

श्रेष्ठले किसान महासंघको नेतृत्व ०५३ सालदेखि गर्दै आएका हुन् । बीचमा केही समय शिवराज गौतमलाई नेतृत्व दिए पनि फेरि उनै दोहोरिइरहेका छन् । ‘लामै भयो, मेरो नेतृत्व किसान महासंघमा,’ श्रेष्ठले भने, ‘संगठनभित्र नेतृत्वको विकास हुन सकेको देखिएन, नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया पनि पूरा भइसकेको छैन ।’

०५६ सालमा दलित मोर्चा गठन भएदेखि नै परियारले नेतृत्व गरिरहेका छन् । केही समय जेल बस्दा सन्तोषी विकलाई कार्यवाहक दिए पनि त्यसबाहेक नेतृत्वमा परियार नै छन् ।

प्रेस सेन्टरको स्थापनाकालदेखि नै दाहाल अध्यक्ष छन् । उनले पद छाड्न चाहे पनि पार्टी नेतृत्वले नै दोहो¥याएको हो । नेतृत्व लिनेबीच विवाद देखिएपछि सर्वसहमति बनाउन नसक्दा दाहाल दोहोरिएका हुन्र ।

अन्य संगठनमा मूल नेतृत्व हस्तान्तरण भए पनि एकै ब्याचको नेताको हालिमुहाली छ । महिला, प्राध्यापक, सांस्कृतिक मोर्चामा नेतृत्व हस्तान्तरण भए पनि नेतृत्व लिनेहरु एकै पेरिफेरीका छन् । अखिल नेपला महिला संघ (क्रान्तिकारी) मा लामै समय जयपुरी घर्तीले अध्यक्षको जिम्मेवारी सम्हालिन् । उनीपछि उनकै कार्यकालकी महासचवि अमृता थापामगर नेतृत्वमा छिन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघमा पनि शालिकराम जमकट्टेलले लामो समयदेखि नेतृत्व लिइरहेका छन् । केही समययता भने उनले गणेश रेग्मीलाई कार्यवाहक दिएका छन् ।

किन यस्तो हुन्छ ? 

पार्टी, जनवर्गीय संगठन र मोर्चाको नेतृत्व पार्टीभित्रको आन्तरिक सत्ता हो । यसअर्थमा पनि त्यसको नेतृत्वमा पुग्नेहरुले सजिलै नेतृत्व छाडिहाल्दैनन् । स्वविवेक र दबाबमा मात्रै नेतृत्व परिवर्तन हुने प्राध्यापक तथा राजनीतिक विश्लेषक लोकराज बराल बताउँछन् ।

माओवादीमा नेतृत्व छाड्ने नचाहने संस्कृति हाबी रहेको स्विकार्छन् , नेपाल दलित मुक्ति मोर्चाका नेता पर्शुराम रम्तेल । ‘हामीकहाँ कल्चरकै रुपमा विकास भएको छ,’ उनले भने । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय