४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा

१९ चैत्र २०८१, मंगलवार १५:५२
काठमाडौँ | कांग्रेस सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै अब गियर बढाउनुपर्ने सुझाव दिएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले सधैँ निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने र आशाका किरणहरू दिन आवश्यक रहेको बताए ।

उनले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणका हिसाबले केही हदसम्म सफल रहेको बताए । साथै, संसद् अवरोध गरेर बन्धक बनाउने परिपाटी केही हदसम्म कम भएकोमा सकारात्मक प्रतिक्रिया दिए।

सांसद खतिवडाले भने, ‘सधैँ निराशा र कुण्ठित अभिव्यक्तिले मात्र मुलुक बन्दैन। सरकारले आशाका किरणहरू दिन सफल हुनुपर्छ। अहिले सरकार जुन गतिमा अघि बढिरहेको छ, त्यसले सबैको चित्त बुझेको छैन। अब गियर परिवर्तन गर्नुपर्छ। जुन गियरमा छ, त्योभन्दा माथि जानुपर्छ। म स्वयं हिन्दु धर्म मान्ने व्यक्ति हुँ, तर नेपाल सबैलाई अटाउने र समेट्ने राज्य हुनुपर्छ। म त्यसै पक्षमा छु।’

उनले हालै राजावादी समूहहरू सक्रिय भएको उल्लेख गर्दै कोही आवेगमा आएर अगाडि बढ्दैमा सबैले त्यसैअनुसार चल्न नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ