४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनिता डंगोल पनि प्रशासकीय अधिकृत सरोज गुरागाईँको स्वागतमा

२१ चैत्र २०८१, बिहीबार १३:००

काठमाडौँ | कार्यालय फर्किएका प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसहित जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन् ।

साढे तीन महिनापछि कार्यालय फर्किएका प्रशासकीय अधिकृत गुरागाईँलाई मेयर बालेन्द्र साहबाहेकका जनप्रतिनिधिहरूले स्वागत गरेका हुन् ।बिहीबार नगर प्रहरीको अवरोध असफल भएपछि गुरागाईं कार्यालयमा हाजिर भएका हुन् ।

गत पुस ७ गतेदेखि बिदामा रहेका गुरागाईंपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका गोविन्दप्रसाद शर्माले राजीनामा दिएपछि महानगर प्रशासन नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा तलब नपाएको भन्दै महानगरका कर्मचारीहरू आक्रोशित बनेका छन् । उनीहरूले गुरागाईंलाई पुनः पदमा स्थापित गराउने अडान लिएका छन् ।

मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको आरोपमा गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । उनलाई कार्यालय प्रवेश गर्न निषेध गरेका थिए । मेयर शाहले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्न चाहेका थिए, तर कुनै पनि आरोप पुष्टि नहुँदा सरकारले उनलाई हटाउन इन्कार गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ