२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घटनामा राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

२१ चैत्र २०८१, बिहीबार १४:२८

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही चैत १५ गते भएको तीनकुने घटनाका विषयमा छानबिन गर्न आयोग गठन गर्न माग गरेको छ।

घ‍टनामा सरकारको दमनकारी नेतृत्वका कारण जनताको ज्यान गएको बताउँदै राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनासमेत मागेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षणपत्र बुझाएको हो।

ध्यानाकर्षणपत्रमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठनको माग राखिएको छ।

गृहमन्त्रीसँगै १५ गतेको नेतृत्व गर्ने प्रहरी र प्रशासनिक प्रमुखलाई निलम्बनको मागसमेत गरिएको छ। साथै, उक्त दिन ज्यान गएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई शहिद घोषणा तथा क्षतिपूर्तिको माग गरिएको छ।

यसका साथै, रवीन्द्र मिश्र र डा. धवल शमशेर राणालगायत अन्य बन्दीहरूको रिहाइको माग समेत गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह