२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने

२२ चैत्र २०८१, शुक्रबार १४:०९

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङले आफू हतोत्साहित र उत्तेजित नभएको बताएका छन्। उनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त कुरा बताएका हुन्।

घिसिङले राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही बनाउने निर्णयले कतिपय खुसी भए पनि आफूलाई हारको महसुस भएको छैन। उनले भने, ‘एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो भन्ने बारेमा जनता जानकार छन्। त्यसबाट म उत्तेजित र हतोत्साहित भएको छैन।’ उनले मैले आफ्नो कार्यकालमा पछुताउनुपर्ने कुनै काम नगरेको दाबी पनि गरे।

उनले सरकारका तर्फबाट आफ्नो मनोबल गिराउने काम भएको बताए। घिसिङले संस्था र राष्ट्रपति घात गर्न आफ्नो इमानले नदिएको बताए। उनले लोडसेडिङ अन्त्य गरेर आफूले कुनै चमत्कार नगरेको पनि बताए। घिसिङले भने, ‘यो त एउटा इमानदार प्रयास थियो।’घिसिङले आफू कार्यकारी निर्देशक भएर आउँदा ४२ प्रतिशत घरपरिवारले बिजुलीको व्यग्र प्रतीक्षा गरिरहेको बताए। आफ्नो कार्यकालमा ९९ प्रतिशत घर परिवारमा बिजुली पुर्‍याउन सफल भएको दाबी उनको छ।

उनले आफ्नो कार्यकालमा प्राधिकरण नाफामा गएको र प्राधिकरणको सम्पत्ति तीन गुणा बढेको बताए। घिसिङले नेपाल सरकारले बजेट नदिए पनि प्राधिकरणले आफ्नो स्रोतसाधनले बिजुली उत्पादन गरिरहेको बताए। उनले भने, ‘विपन्न जनताको घरघरमा बिजुली पुर्‍याउनु नै मेरो ठूलो उपलब्धि हो।’

चैत ११ को मन्त्रिपरिषद्को बैठकले उनलाई प्रबन्ध निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। उनलाई बर्खास्त गरेर प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएको छ।

सर्वोच्च अदालतले बिहीबार घिसिङका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। घिसिङ २०७८ साउन २५ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। उनलाई सरकारले कार्यकाल सकिनुभन्दा चार महिनाअघि नै बर्खास्त गरेको थियो। उनको बर्खास्तपछि प्रतिपक्षी दलले केही दिन सदन अवरुद्ध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह