२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘यहि व्यवस्था र अवस्थामा भ्रष्टाचारको जालोले देश सकाउँछ’

२०८१, २२ चैत्र शुक्रबार २१:०९

काठमाडौं । देशमा भ्रष्टाचारको मुल कारण नै संसदीय व्यवस्था रहेको र त्यसको निवारण गर्न जननिर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ल्याउनु पर्ने वक्ताहरुले जोड दिए । शुक्रबार राजधानीमा नेकपा (बहुमत) काठमाडौं जिल्लाले ‘भ्रष्टाचारः करण र निवारण’को लागि आयोजना गरेको अन्तरक्रियमा राज्यका उच्च पदस्त व्यक्तिहरुको सम्पत्ति छानबिन र कारबाही नगरी भ्रष्टाचार नरोकिनेसमेत बताएका हुन् ।

कार्यक्रममा नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले संसदीय व्यवस्था फालेर कार्यकारी प्रमुखको व्यवस्था नल्याएसम्म भ्रष्टाचार मौलाउने बताए । वर्तमान व्यवस्थामा २ प्रतिशत जनताको भोट ल्याउने व्यक्तिले जनतामाथि शासन गरिरहेको बताउँदै बास्तोलाले भने,“भ्रष्टाचार अन्त्य गर्न ५१ प्रतिशत मतबाट जननिर्वाचित प्रमुख नभए देश कंगाल भएर असफल हुने दिशामा छ ।”

नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले वर्तमान समाजलाई भ्रष्टाचार मुक्त बनाउन कम्युनिस्टहरुले पुरातनवादी सोच र व्यवहारमा परिवर्तन ल्याउनु पर्ने धारणा राखिन् । झाँक्रीले भ्रष्टचारलाई नियन्त्रण तथा न्यूनिकरणका लागि कडा कानून बनाएर लागु गर्न जनदवाब दिनुपर्नेमा जोड दिईन् । झाँक्रीले पछिल्लो समयमा रजावादीहरुले समय चक्रलाई उल्टोतिर हिँडाउन खोजेकोले त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखिन् ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले भ्रष्टाचारको मुलकारण वर्तमान व्यवस्थाले संरक्षण गरेको ‘दलाल पुँजीवादी’ व्यवस्था भएकोले त्यसको अन्त्य गर्नेतिर लाग्नुपर्ने धारणा राखे ।

वरिष्ठ अधिवक्ता रामनारायण बिँडारीले आयोजकको कार्यपत्रमाथि टिप्पाँणी गर्दै अहिलेकै व्यवस्था र अवस्थामा भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नभएको धारणा राखे । बिँडारीले भ्रष्टाचार अन्त्यका निम्ति व्यापक जनदबाब दिन जरुरी रहेकोब ताए । त्यसका निम्ति बिडारीले भने,“चुनावमा न्याय जनताले गर्ने, राजनीतिमा सेवा प्रतिनिधीले गर्ने, नगर्ने प्रतिनिधि जनताले बदल्ने र दल छाडेर पद, पद छाडेर दल अर्थात दल र पदमध्ये एकमा मात्रै बस्दा भ्रष्टाचार नियन्त्रण हुन्छ ।”

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपपालका नेता जागृत रायमाझीले नेपालमा भ्रष्टाचार राँणा र राजाकालिन् समयबाटै सुरुवात भएको र त्यहिदेखिको जरो उखेल्नुपर्ने धारणा रखे । राजाहरुले विदेशी बैंकमा सम्पत्ति राख्ने, घर–जग्गा शक्ति र सत्ताको बलमा ब्यापक निजीकरण गर्ने अवस्थाले भ्रष्टाचार सुरु भएको रायमाझीको जिकिर छ । भ्रष्टाचारको अन्त्य गर्न वैज्ञानिक समाजवादी व्यवस्था एकमात्रै विकल्प रहेको रायमाझीको धारणा छ ।

ट्रान्सपरेन्सी इन्टरनेष्नलका प्रतिनिधि विनोद भट्टराईले राज्यका हरेक आयव्यमा पारदर्शिता हुनुपर्ने धारणा राखे ।

पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दिपक’ लगायतको उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता काठमाडौं सेक्रेटरी दर्शन कुमार नेपाली र कार्यपत्र बाचन इन्चार्ज सागर लिम्बुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो