२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि…

२३ चैत्र २०८१, शनिबार ०१:३८

काठमाडौँ । शुक्रबार बेलुका उच्च अदालतको आदेश आएको करिब एक घन्टामै नेपाल प्रहरी रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न पुग्यो । साढे ७ बजे उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो ।

अदालतको आदेश आएको एकै घण्टामा उनको घरमा पुगेको प्रहरीले पक्राउ पुर्जीबिनै लामिछानेलाई पक्राउ गर्न आएको देखेपछि केहि क्षेण बिबाद समेत सृजना भयो । त्यसै क्रममा प्रहरीका एक जना अधिकारीले ‘अन्तिम इच्छा’ भन्ने शब्द बोल्छन् ।

हतार गरेर पक्राउ गर्न पुगेको प्रहरीलाई लामिछानेका सहयोगीले पक्राउ पूर्जी वा अन्य कुनै कागज मागे । तर, प्रहरीसँग त्यो तयार थिएन । प्रहरीको एकजना अधिकारी त्यहि उक्त कागजात तयार गर्नतिर लागे । केही समय विवाद भएपछि प्रहरीले पूर्जी दिएर उनलाई नियन्त्रणमा लियो ।

पक्राउका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत, एसपी मनोहर भट्ट, डिएसपी दिपक खड्का लगायत पुगेका थिए । पक्राउको क्रममा डिएसपी दिपक खड्काले ‘अन्तिम इच्छा पूरा गर्न दिने’ भनेर बताएपछि अर्को विवाद सुरु भयो । प्रहरी अधिकारीले बोलेको यो शब्दले प्रहरीले पक्राउ गरेर ‘इन्कान्टर’ गर्न खोजेको भन्ने विषय उठ्यो । त्यसैको विषयमा रविका सहयोगीले उनीमाथि प्रश्न गरेका थिए । पछि खड्काले आफ्नो बोली सच्याउदै पक्राउ पर्नुअघि वकिलसँग सल्लाह गर्ने लगायत अन्तिम तयारीका लागि आफुले त्यसो भनेको बताएका थिए ।

अहिले सामाजिक संजालमा डिएसपी दिपक खड्काले बोलेको अभिव्यक्तिलाई लिएर चर्को आलोचना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह